Aug 25 2026 | २०८३, भाद्र ९ गते

२०८३, भाद्र ९ गते
  • यो साता चर्चामा :
images

नेकपा एस र वामदेव गौतमको नेकपा एकता राष्ट्रिय अभियानबिच एकता घोषणा

नेकपा एस र वामदेव गौतमको नेकपा एकता राष्ट्रिय अभियानबिच एकता घोषणा

  • शुक्रवार, श्रावण २ २०८२

  • 352
    SHARES

  • नेकपा एस र वामदेव गौतमको नेकपा एकता राष्ट्रिय अभियानबिच एकता घोषणा

    काठमाडौं । नेकपा एकीकृत समाजवादी र वामदेव गौतम नेतृत्वको नेकपा एकता राष्ट्रिय अभियानबिच एकता भएको छ । शुक्रबार राष्ट्रिय सभागृहमा भएको समारोह गरी दुई पार्टीबिच एकता भएको घोषणा गरेको हो । समारोहमा नेकपा एकता राष्ट्रिय अभियानका अध्यक्ष गौतमले एकीकृत समाजवादीमा समाहित भएको घोषणा गर्नुभएको थियो ।

    गौतम एकीकृत समाजवादीमा प्रवेश गरेको घोषणा गर्दा उपस्थिति नेता तथा कार्यकर्ताहरू निकैबेर हुटिङ गरेका थिए । उहाँलाई एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल, सम्मानित नेता लगायत नेताहरूले स्वागत समते गर गरेका थिए ।

    घोषणा कार्यक्रममा बोल्दै नेकपा एकता राष्ट्रिय अभियानका संयोजक बामदेव गौतमले १० वर्षभित्र समाजवाद निर्माण गरेर यूरोपका मुलुकको अवस्थामा पुग्ने बताउनुभयो । एकीकृत समाजवादीसँग समाहित हुन आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेता गौतमले नेपालीहरू मागेर नभइ संसारलाई पाल्नसक्ने अवस्थामा पुग्ने दाबी गर्नुभयो ।

    ‘लोकतान्त्रिक मूल्यमान्यतामा आधारित समाजवाद निर्माण गर्ने चरणमा छौं । त्यो भएपछि १० वर्षमा हामी यूरोपियन मुलुकको अवस्थामा पुग्नेछौं । हामी मागेर खाने अवस्थामा होइन कि अरुलाई दिने अवस्थामा पुग्नेछौं,’ गौतमले भन्नभयो, ‘हामी संसारका मगन्ते होइनौं, संसारलाई पाल्नसक्ने अवस्थामा पुग्नेछौं । यो देश हाम्रो हो । यो देश हाम्रा पुर्खाले हामीलाई सुम्पेको हो । त्यही समाजवाद निर्माणका लागि सुम्पेको हो ।’ उहाँले आफू ४ वर्ष अघि नै एकीकृत समाजवादीमा आएको भए अहिलेसम्म समाजवाद सुरु भइसक्ने जिकिर गर्नुभएको छ ।

    त्यसैगरी सोही कार्यक्रममा बोल्दै पूर्व प्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले नेपाली कांग्रेस र नेकपा एमाले नेतृत्वको गठबन्धन सरकारका कारण देश राजनीतिक सङ्कटमा फसेको बताउनुभयो ।

    शुक्रबार राजधानीमा भएको नेकपा एकीकृत समाजवादी र नेकपा एकता राष्ट्रिय अभियानबिच एकता घोषणा सभामा खनालले राजनीतिक सङ्कटबाट पार लगाउन वामपन्थीहरू एकजुट हुनुपर्ने धारणा राख्नुभएको थियो ।


    शुक्रवार, श्रावण २ २०८२०४:०२:०९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij