Aug 25 2026 | २०८३, भाद्र ९ गते

२०८३, भाद्र ९ गते
  • यो साता चर्चामा :
images

पूर्वराष्ट्रपति भण्डारी एमालेमा फर्किने विषयमा कुनै निर्णय भएको छैन् - ओली

पूर्वराष्ट्रपति भण्डारी एमालेमा फर्किने विषयमा कुनै निर्णय भएको छैन् - ओली

  • बिहिवार, श्रावण १ २०८२

  • 564
    SHARES

  • पूर्वराष्ट्रपति भण्डारी एमालेमा फर्किने विषयमा कुनै निर्णय भएको छैन् - ओली

    काठमाडौं । प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्या भण्डारीलाई एमालेमा भित्र्याउने विषयमा पार्टीले छलफल गर्नुपर्ने बताउनुभएको छ । भण्डारीलाई नेतृत्व हस्तान्तरण गर्न नसक्ने उहाँले बताउनु भएको हो ।

    एक अन्तर्वार्तामा ओलीले आफूसँग भण्डारीले अहिलेसम्म एमालेमा फर्किनेबारे कुनै सल्लाह नगरेको दाबी गर्दै भन्नुभयो, ‘उहाँले अरुसँग के गर्नुभयो मलाई थाहा छैन, तर मसित कुनै सरसल्लाह गर्नुभएन । पार्टीमा आधिकारिक ढंगले सरसल्लाह, मौखिक वा लिखित केही गर्नुभएको छैन ।’

    ओलीले पार्टीको वैठक बसेर भण्डारीको विषयमा निर्णय लिइने बताउनुभएको छ । ‘निर्णय त गर्नैपर्छ । उहाँले प्रश्न उठाएपछि र म आउँछु भनेपछि उहाँले आउनु हुन्छ कि हुँदैन, नैतिकरूपमा हुन्छ कि हुँदैन, गणतन्त्रमा, समाजमा, राजनीतिमा, व्यवस्थामा र स्वयं उहाँको जीवनमा यसले के असर पर्छ, यी सबै कुरा सोचेर उहाँलाई दिनुपर्ने सुझाव वा उहाँमाथि गर्नुपर्ने निर्णय पार्टीले गर्छ नै ।’ उहाँले भन्नुभयो ।


    बिहिवार, श्रावण १ २०८२०५:२१:३९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij