काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले जनताको अपेक्षाअनुसार छिटो र प्रभावकारी काम गरेर परिणाम देखाउने बेला आएको बताउनु भएको छ । विद्युत् विकास विभागको ३२औँ वार्षिकोत्सवको अवसरमा बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा मन्त्री खड्काले नीति र नियमले काम रोकिएको भए सुधार गरेर भए पनि जनताको अपेक्षाअनुसार छिटो र प्रभावकारी काम गरेर परिणाम देखाउने बेला आएको बताउनु भएको हो ।
ऊर्जा अब केवल उज्यालो दिने माध्यम नभई मुलुकको समृद्धिसँग गाँसिएको विषय भएकाले निजी क्षेत्र मिलेर सरकार अघि बढ्ने उहाँले बताउनुभयो । वर्तमान सरकारको प्राथमिकता देशको समृद्धि साझेदारीको आधारमा सुनिश्चित गर्ने रहेको उल्लेख गर्दै प्राकृतिक स्रोतको पर्याप्त सदुपयोग गर्न सके ऊर्जा क्षेत्र व्यापार र समृद्धिको मूल स्रोत बन्न सक्ने उहाँको भनाई छ ।
ऊर्जा मन्त्री खड्काले जमिन अधिग्रहण, प्रसारण लाइन विस्तार र संरचनागत अड्चनलाई हटाउन नीति–नियमको पुनरावलोकन गर्ने बताउनुभयो ।