Aug 25 2026 | २०८३, भाद्र ९ गते

२०८३, भाद्र ९ गते
  • यो साता चर्चामा :
images

जसपा नेपालद्वारा सरकारलाई दिएको समर्थन फिर्ता

जसपा नेपालद्वारा सरकारलाई दिएको समर्थन फिर्ता

  • बुधवार, आषाढ ३२ २०८२

  • 488
    SHARES

  • जसपा नेपालद्वारा सरकारलाई दिएको समर्थन फिर्ता

    काठमाडौं । सत्ता साझेदार दल जनता समाजवादी पार्टी (जसपा) नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । भूमि विधेयकको अन्तर्वस्तुप्रति असहमति जनाउँदै आएको जसपा नेपालको बुधबार बसेको संसदीय दल बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिएको हो ।

    जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठकले समर्थन फिर्ता लिनेबारे निर्णय गर्न संसदीय दललाई निर्देशन दिएको थियो । सोही बमोजिम आज बसेको संसदीय दलको बैठकले समर्थन फिर्ता लिने औपचारिक निर्णय भएको पार्टीका प्रचार प्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिनुभयो ।

    गत वर्ष ३१ असारमा केपी शर्मा ओली प्रधानमन्त्री नियुक्त हुँदा नेपाली कांग्रेस, नेकपा एमाले सहित ७ राजनीतिक दलका १८८ जना सांसदले समर्थन दिएका थिए । यो भनेको प्रतिनिधिसभाको दुई तिहाइ हो । तर ५ सांसद रहेको जसपा नेपाल र ४ सांसद रहेको नाउपा बाहिरिएसँगै प्रतिनिधिसभामा दुई तिहाइ गुमेको छ ।

    राष्ट्रिय सभामा त सत्तारुढ दलहरू अब अल्पमतमै पर्नेछ । ३ सांसद रहेको जसपा नेपालको साथ नपाउँदा यसअघि नै सत्तारुढ दल राष्ट्रिय सभामा अल्पमतमा परेको थियो । ५९ सदस्यीय राष्ट्रिय सभामा कांग्रेससँग १६ र एमालेसँग ११ सिट मात्र छ । सरकारमा रहेको अर्को दल लोसपासँग एक सिट छ । यो संख्या जोड्दा २८ मात्र हुन्छ ।

    तर विपक्षमा भने बहुमत जुटेको छ । माओवादीसँग १७, एकीकृत समाजवादीसँग ८, जसपा नेपालसँग ३ र राष्ट्रिय जनमोर्चासँग एक सिट छ । राष्ट्रपतिबाट मनोनित वामदेव गौतमले पनि एकीकृत समाजवादीमा प्रवेश गर्ने निर्णय गरिसकेका छन् ।


    बुधवार, आषाढ ३२ २०८२०५:३२:००
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij