Aug 24 2026 | २०८३, भाद्र ८ गते

२०८३, भाद्र ८ गते
  • यो साता चर्चामा :
images

विपद् जोखिम न्यूनीकरणका लागि सबै सरकारीबीच समन्वय आवश्यक गृहमन्त्री

विपद् जोखिम न्यूनीकरणका लागि सबै सरकारीबीच समन्वय आवश्यक गृहमन्त्री

  • बुधवार, आषाढ ३२ २०८२

  • 330
    SHARES

  • विपद् जोखिम न्यूनीकरणका लागि सबै सरकारीबीच समन्वय आवश्यक गृहमन्त्री

    काठमाडौं । गृहमन्त्री रमेश लेखकले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनमा तीनै तहका सरकारीबीच समन्वय र सहकार्य जरुरी रहेको बताउनु भएको छ । आज गृह मन्त्रालयमा आयोजित कार्यक्रममा गृहमन्त्री लेखकले सङ्घ, प्रदेश र स्थानीय सरकारको क्षेत्राधिकार बाँडफाँडमा पनि विपद् व्यवस्थापन तीन वटै तहको कार्यक्षेत्रमा पर्ने बताउनुभयो ।
    ‘हामी उच्च जोखिमपूर्ण भूगोलमा छौँ’, उनले भने, ‘विपद्को सामना र व्यवस्थापनका लागि तीन वटै तहबीच समन्वय र सहकार्य जरुरी छ’ उहाँले भन्नुभयो । सात वटै प्रदेशमा आपतकालीन गोदामघरहरू रहेको बताउँदै उहाँले ती गोदामघर सञ्चालन प्रदेश सरकारले गर्नेगरी हस्तान्तरण गरिएको जानकारी दिनुभयो ।
    नागरिकसँगको सबैभन्दा नजिक स्थानीय जनप्रतिनिधि रहने भएकाले आपतकालीन गोदामघरहरू पालिकास्तरमा स्थापना गरेर तल्लो तहसम्म विपद् व्यवस्थापनका लागि सक्षम बनाउनुपर्नेमा गृहमन्त्री लेखकले जोड दिनुभएको छ । उहाँले विपद् पूर्वसूचना र विपद् पछिको खोज, उद्धार तथा पुनःस्थापनामा सबैले सहकार्य र समन्वय गर्नुपर्ने बताउनुभयो । विगतमा विपद्का बेला गोदामघरबाट सामग्री उपयोग गर्दाको झन्झटिलो प्रक्रियालाई सहज पार्दै गोदामघर प्रदेश सरकारलाई सञ्चालनको जिम्मेवारी दिइएको उहाँको भनाइ छ ।


    बुधवार, आषाढ ३२ २०८२०३:४४:१०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij