Aug 25 2026 | २०८३, भाद्र ९ गते

२०८३, भाद्र ९ गते
  • यो साता चर्चामा :
images

आफ्नो एक वर्षे कार्यकाल सन्तोषजनक रहेको वनमन्त्री शाहीको दाबी

आफ्नो एक वर्षे कार्यकाल सन्तोषजनक रहेको वनमन्त्री शाहीको दाबी

  • बुधवार, आषाढ ३२ २०८२

  • 462
    SHARES

  • आफ्नो एक वर्षे कार्यकाल सन्तोषजनक रहेको वनमन्त्री शाहीको दाबी

    काठमाडौं । वन तथा वातावरणमन्त्री ऐन बहादुर शाही ठकुरीले आफ्नो एक वर्षे कार्यकाल सन्तोषजनक रहेको बताउनु भएको छ । आफ्नो एक वर्षे कार्यकालको उपलब्धि सार्वजनिक गर्न बुधबार सिंहदरबारमा पत्रकार सम्मेलन गर्दै प्रधानमन्त्री र पार्टीको सहयोगमा आफूले सहज रूपमा काम गर्न पाएको भन्दै एक वर्षे कार्यकाल सन्तोषजनक रहेको बताउनुभयो ।

    आफ्नो कार्यकालमा महत्वपूर्ण चार वटा रणनीति तयार गरी कार्यान्वयनमा ल्याइएको उहाँले बताउनुभयो । त्यस्तै उहाँले सन २०२० सम्म ४५ दशमलव ३१ प्रतिशत रहेका वन क्षेत्र सरकार र समुदायद्वारा संरक्षण तथा व्यवस्थापन गरी ४६ दशमलव ०८ प्रतिशत पुगेको उल्लेख गर्नुभयो ।

    गत आर्थिक वर्ष ३ करोड क्युफिट उत्पादन भएको काठ चालू आर्थिक वर्षको जेठ मसान्तसम्म ३ करोड ३५ लाख क्युफिट उत्पादन भएको बताउँदै उहाँले काठको उत्पादनमा वृद्धि गरी काठमा देशलाई आत्मनिर्भर बनाउनको लागि समेत केन्द्रित भएको धारणा राख्नुभएको छ ।

    त्यस्तै मन्त्री ठकुरीले मानव वन्यजन्तु द्वन्द्व न्यूनीकरणका सन्दर्भमा समेत प्रभावकारी ढंगले काम भइरहेको उल्लेख गर्नुभयो । त्यस्तै उहाँले मन्त्रालयको बजेट संघीयता कार्यान्वयन भएपछि कै बढी १८ दशमलव ५ प्रतिशतले वृद्धि भएको दाबी गर्नुभएको छ ।


    बुधवार, आषाढ ३२ २०८२०३:२३:१५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij