Aug 25 2026 | २०८३, भाद्र ९ गते

२०८३, भाद्र ९ गते
  • यो साता चर्चामा :
images

भ्रष्टाचार गरेको पुष्टि भए जोकोहीमाथि कारबाही हुन्छ - प्रवक्ता गुरुङ

भ्रष्टाचार गरेको पुष्टि भए जोकोहीमाथि कारबाही हुन्छ - प्रवक्ता गुरुङ

  • बुधवार, आषाढ ३२ २०८२

  • 462
    SHARES

  • भ्रष्टाचार गरेको पुष्टि भए जोकोहीमाथि कारबाही हुन्छ - प्रवक्ता गुरुङ

    काठमाडौं । सरकारका प्रवक्ता पृथ्वीसुव्वा गुरुङले भ्रष्टाचार गरेको पुष्टि भए जोकोहीमाथि कारबाही हुने स्पष्ट पार्नुभएको छ । बुधबार सिंहदरबारमा मन्त्रीपरिषद्का निर्णय सार्वजनिक गर्दै प्रवक्ता गुरुङले भ्रष्टाचारी मन्त्री होस् वा अन्य कुनै पदमा व्यक्ति, जो भए पनि कारबाही हुने बताउनुभएको हो ।

    नैतिकताको कुरा उठिसकेपछि सामान्य प्रशासन मन्त्रीले राजीनामा दिइसकेको अवस्थामा, तथ्य र सत्यमा आधारित भएर सरकार अघि बढ्ने उहाँले बताउनु भयो । उहाँले भ्रष्टाचारका विषयमा सरकारले आँखा चिम्लिएर नबस्ने धारणा समेत राख्नुभएको छ।

    त्यस्तै प्रवक्ता गुरुङले भिजिट भिसामार्फत स्पेन गएर नफर्केकामाथि सरकारले अनुसन्धान सुरु गरिसकेको बताउनुभयो । असार ३० गते बसेको मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै प्रवक्ता गुरुङले नागढंगा सुरुङ्गमार्ग निर्माण आयोजनाका लागि जापान सरकारबाट प्राप्त हुने जापानी येन ५ अर्ब ७० करोड बराबरको थप सहुलियतपूर्ण ऋण सहायता स्वीकार गर्ने निर्णय भएको जानकारी दिनुभयो ।

    बैठकले राष्ट्रिय सहकारी नियमन प्राधिकरणको रिक्त अध्यक्ष पदमा डा खगराज शर्मालाई नियुक्त गरेको छ भने फाप्ला अन्तराष्ट्रिय क्रिकेट मैदान तथा खेलग्राम पूर्वाधार निर्माण विकास समितिको कार्यविधि चार महिनाका लागि थप गर्ने निर्णय समेत भएको प्रवक्ता गुरुङले जानकारी दिनुभयो ।
    मन्त्रीपरिषद्ले नेपाली सेनातर्फ एक जना प्रमुख सेनानीलाई महासेनानी दर्जामा बढुवा गर्ने, एक जना महासेनानीलाई सहायक रथीमा बढुवा गर्ने र १९ जना सहायक सेनानीहरुको सरुवा गर्ने निर्णय समेत गरेको छ ।


    बुधवार, आषाढ ३२ २०८२०२:५२:३६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij