Aug 24 2026 | २०८३, भाद्र ८ गते

२०८३, भाद्र ८ गते
  • यो साता चर्चामा :
images

सरकारको दाबी, ‘स्वास्थ्यकर्मीलाई जोखिम भत्ता वितरण भइसक्यो’

सरकारको दाबी, ‘स्वास्थ्यकर्मीलाई जोखिम भत्ता वितरण भइसक्यो’

  • शुक्रवार, मंसिर १२ २०७७

  • 798
    SHARES

  • सरकारको दाबी, ‘स्वास्थ्यकर्मीलाई जोखिम भत्ता वितरण भइसक्यो’

    काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड –१९ संक्रमितको परीक्षण तथा उपचारमा संलग्न स्वास्थ्यकर्मीलाई ६६ करोड ८७ लाख ४५ हजार रुपैयाँ जोखिम भत्ता वितरण गरेको जानकारी दिएको छ ।

    कोभिड -१९ संक्रमितको परीक्षण तथा उपचारमा संलग्न स्वास्थ्यकर्मीहरुले जोखिम भत्ता नपाएको गुनसो सञ्चार माध्यमहरुमा सार्वजनिक भएपछि मन्त्रालय अन्तर्गतको स्वास्थ्य आपतकालीन तथा विपद व्यवस्थापन इकाइले ‘कोरोना भाइरसको उपचारमा संलग्न जनशक्तिको जोखिम भत्ता व्यवस्थापन, आदेश, २०७७’ बमोजिम रकम वितरण गरिएको जनाएको छ ।

    मन्त्रालयले प्रति बिरामी प्रति दिनका हिसाबले असोज मसान्तसम्मको निकासा गरिएको र कात्तिक महिनाको जोखिम भत्तासहितको रकम भुक्तानीको क्रममा रहेको जानकारी दिएको छ ।


    शुक्रवार, मंसिर १२ २०७७०४:०८:२९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij