Aug 25 2026 | २०८३, भाद्र ९ गते

२०८३, भाद्र ९ गते
  • यो साता चर्चामा :
images

सभामुखद्वारा दलका प्रमुख सचेतक र सचेतकहरूसँग छलफल

सभामुखद्वारा दलका प्रमुख सचेतक र सचेतकहरूसँग छलफल

  • सोमवार, आषाढ ३० २०८२

  • 317
    SHARES

  • सभामुखद्वारा दलका प्रमुख सचेतक र सचेतकहरूसँग छलफल

    काठमाडौं । सभामुख देवराज घिमिरेले संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका प्रमुख सचेतक र सचेतकहरूसँग छलफल गर्नुभएको छ । सभामुख घिमिरेले सोमबार संसद बैठकअघि प्रमुख सचेतक र सचेतकहरूसँग छलफल गर्नुभएको हो ।

    त्यसक्रममा सभामुख घिमिरेले प्रतिपक्षमा रहेका केही सांसद्हरुले निरन्तर संसदको नियमित कारबाहीमा भाग नलिएकोमा आफ्नो ध्यानाकर्षण भएको बताउनु भयो । सभामुखले सरकार र सत्तापक्षमा रहेका राजनीतिक शक्तिसहित प्रमुख प्रतिपक्षी दललाई संसदको नियमित छलफलमा सहभागी नभएका राजनीतिक दलहरूलाई पुन एक पटक वार्ता र संवादमा बस्न अपिल समेत गर्नुभएको थियो ।

    छलफलमा कांग्रेस प्रमुख सचेतक श्याम घिमिरेले रास्वपासँग सहमति गर्न धेरै प्रयास भए पनि नतिजा नआएको बताउनुभयो । यस्तै रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले आफूहरू निरन्तर आन्दोलनमा रहेको भन्दै महत्त्वपूर्ण विधेयक नभएको अवस्थामा साउनमा दुई साता बैठक रोकेर सहमतिको वातावरण बनाउनुपर्ने बताउनुभयो ।

    माओवादी केन्द्रका हितराज पाण्डेले भूमि विधेयकलाई समितिमा लैजान आग्रह गर्नुभयो । ‘फुल हाउसबाट पारित नगरौँ । दुई साता बैठक रोकेर दलहरूबिच साझा सहमति गरौँ’, पाण्डेको प्रस्ताव थियो । बैठकले साउन १५ गतेसम्मको क्यालेन्डरमा सहमति गरेको सभामुखको सचिवालयले जनाएको छ ।


    सोमवार, आषाढ ३० २०८२०२:२४:५८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij