Aug 23 2026 | २०८३, भाद्र ७ गते

२०८३, भाद्र ७ गते
  • यो साता चर्चामा :
images

केन्द्रीय सदस्यका उमेदवार श्रेष्ठ भन्छन्, ‘मेरो प्रमुख एजेण्डा नै टिमवर्कमा रहेर काम गर्नु हो’

केन्द्रीय सदस्यका उमेदवार श्रेष्ठ भन्छन्, ‘मेरो प्रमुख एजेण्डा नै टिमवर्कमा रहेर काम गर्नु हो’

  • शुक्रवार, मंसिर १२ २०७७

  • 1.2K
    SHARES

  • केन्द्रीय सदस्यका उमेदवार श्रेष्ठ भन्छन्, ‘मेरो प्रमुख एजेण्डा नै टिमवर्कमा रहेर काम गर्नु हो’

    काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा केन्द्रीय सदस्य पदका उम्मेदवार रहनुभएका मोहनप्रसाद श्रेष्ठले आफ्नो मुख्य एजेण्डा टिमवर्क रहेको बताउनुभएको छ ।

    टिमवर्कका माध्यमबाट उद्योगी व्यवसायीको नाफा–नोक्सान, हक–अधिकार मात्र नभएर सामाजिक उत्तरदायित्वसमेत वोध गर्न सकिन्छ भन्ने विश्वासका साथ आफू उद्योग वाणिज्य महासंघको केन्द्रीय सदस्यको उम्मेदवारका रुपमा खडा भएको उहाँको भनाइ छ ।

    पाल्पा उद्योग वाणिज्य महासंघका निवर्तमान अध्यक्षसमेत रहनुभएका श्रेष्ठले आज बिहान नेपाली रेडियो नेटवर्कसँग कुरा गर्दै पाल्पाली ढाका र करुवाको प्रबद्र्धनमा लाग्नु आफ्नो अर्को प्रमुख एजेण्डारहेको बताउनुभयो ।

    ‘पाल्पाली ढाका र करुवाले राष्ट्रिय–अन्र्तराष्ट्रिय स्तरमा छुट्टै विशेषता स्थापित गरेको छ । यिनको प्रबद्र्धन गर्नु हाम्रो प्राथमिकता हो’, उहाँले भन्नुभयो, ‘लोप हुँदै गइरहेको करुवालाई विस्तारित र विविधिकरण गरेर लग्नुपर्छ भनेर हामी लागिपरेका छौं ।’

    कृषि क्षेत्रको विकासका लागि सरकारले थप नयाँ नीति तथा कार्यक्रम ल्याउनुपर्ने सदस्यका उमेदवार श्रेष्ठले जोड छ ।

    ‘कृषि क्षेत्रमा अग्रसर हुन उत्साहित युवा समूह पनि कोरोना भाइरसका कारण अहिले निरुत्साहित भएको पाइन्छ’, उहाँले थप्नुभयो, ‘यस्तो अवस्थामा कृषि क्षेत्रको विकासका लागि सरकारले थप नयाँ नीति तथा कार्यक्रम ल्याउनुपर्ने हुन्छ । त्यसका लागि लबिङ भने हामीले गर्नुपर्छ भन्ने लाग्छ । जसबाट आर्थिक समुन्नति सम्भव छ ।’

    कोरोना महामारीका कारण मारमा परेका उद्योग प्रतिष्ठानलाई पुर्नजागरण गर्नु अहिलेको आवश्यकता रहेको श्रेष्ठले बताउनुभयो ।

    ‘यतिबेला व्यवसायीहरु कोरोना महामारीका कारण संकटमा छन् । आशिंक रुपमा उद्योग व्यवसाय सञ्चालनमा आए पनि प्रतिफल भने खासै राम्रो पाइँदैन’, उहाँले भन्नुभयो, ‘त्यसैले उद्योग प्रतिष्ठानलाई कसरी पुर्नजागरण गर्ने भन्ने विषय महत्वपूर्ण छ ।’

    पाल्पा र अन्य ठाउँमा उत्पादन हुने स्थानीय वस्तुको बजारीकरणलाई विशेष प्राथमिकतामा उहाँको भनाइ छ ।

    श्रेष्ठ वरिष्ठ उपाध्यक्षका उमेदवार चन्द्रप्रसाद ढकाल समुहका सदस्यका उमेदवार हुनुहुन्छ ।


    शुक्रवार, मंसिर १२ २०७७०३:४२:३२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij