Aug 25 2026 | २०८३, भाद्र ९ गते

२०८३, भाद्र ९ गते
  • यो साता चर्चामा :
images

बामदेव नेतृत्वको नेकपा एकता राष्ट्रिय अभियान र नेकपा एसबीच एकता हुने

बामदेव नेतृत्वको नेकपा एकता राष्ट्रिय अभियान र नेकपा एसबीच एकता हुने

  • शुक्रवार, आषाढ २७ २०८२

  • 547
    SHARES

  • बामदेव नेतृत्वको नेकपा एकता राष्ट्रिय अभियान र नेकपा एसबीच एकता हुने

    काठमाडौं । बामदेव गौतमको नेतृत्वमा रहेको नेकपा एकता राष्ट्रिय अभियान र नेकपा (एकीकृत समाजवादी) बीचमा एकता हुने भएको छ । समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र अभियानका अध्यक्ष गौतमले संयुक्त विज्ञप्ति जारी गर्दै एकताको सहमति गरिएको बताउनु भएको हो ।

    एकीकृत समाजवादीका अध्यक्ष नेपाल र अभियानका अध्यक्ष गौतमबीचमा छलफल हुँदा राजनीतिक दर्शन, सिद्धान्ततः, कार्यक्रम, रणनीति र कार्यदिशामा एकरूपता रहेको र नेपालको कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध गर्नुपर्ने आवश्यकतामा ध्यानमा राख्दै एकतामा सहमति गरिएको संयुक्त विज्ञप्तिमा उल्लेख छ । साथै साउन २ गते राष्ट्रिय सभागृहमा एक समारोहको आयोजना गरेर एकताको घोषणा गरिने जनाइएको छ ।


    शुक्रवार, आषाढ २७ २०८२०५:२३:२२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij