Aug 25 2026 | २०८३, भाद्र ९ गते

२०८३, भाद्र ९ गते
  • यो साता चर्चामा :
images

काठमाडौं महानगरमा कार्यपालिका बैठक बस्दै

काठमाडौं महानगरमा कार्यपालिका बैठक बस्दै

  • बिहिवार, आषाढ २६ २०८२

  • 489
    SHARES

  • काठमाडौं महानगरमा कार्यपालिका बैठक बस्दै

    काठमाडौं । काठमाडौं महानगरपालिकाको कार्यपालिका बैठक बस्ने भएको छ । महानगरका मेयर बालेन्द्र शाह (बालेन) ले कार्यसमिति बैठक बोलाउनु भएको हो । शुक्रबार बिहान ११ बजे स्रोत व्यवस्थापन समितिको बैठक बस्ने छ । सँगै मेयर बालेनले कार्यपालिका बैठक पनि बोलाउनु भएको हो ।

    महानगरका सहायक प्रवक्ता धुव्रकुमार काफ्लेका अनुसार बिहान ११ बजे आगामी आर्थिक वर्ष २०८२–८३ को बजेटको स्रोत तथा सिमा निर्धारण समितिको बैठक बस्नका लागि सबैलाई पत्राचार भइसकेको छ ।

    शुक्रबार नै महानगरको कार्यपालिका बैठक बस्ने भएको छ । काफ्लेका अनुसार २ बजे कार्यपालिका बैठक बस्ने छ । ‘स्रोत तथा सिमा निर्धारण समितिको बैठक बस्नका लागि पत्र गइसक्यो’, काफ्लेले भन्नुभयो, ‘कार्यपालिकाको बेलुका ४ बजेटसम्म सबै सदस्य ज्युँकहा पुग्छ ।’


    बिहिवार, आषाढ २६ २०८२०२:४४:५१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij