Aug 25 2026 | २०८३, भाद्र ९ गते

२०८३, भाद्र ९ गते
  • यो साता चर्चामा :
images

रसुवाको बाढी : हिमताल विस्फोट भएको प्रारम्भिक निष्कर्ष

रसुवाको बाढी : हिमताल विस्फोट भएको प्रारम्भिक निष्कर्ष

  • बुधवार, आषाढ २५ २०८२

  • 584
    SHARES

  • रसुवाको बाढी : हिमताल विस्फोट भएको प्रारम्भिक निष्कर्ष

    काठमाडौं । भू—उपग्रह तस्वीरको विश्लेषणको आधारमा रसुवाको बाढीको कारण तिब्बती क्षेत्रको हिमताल विस्फोट रहेको प्रारम्भिक निष्कर्ष सार्वजनिक भएको छ । जलवायु परिवर्तन र मौसममा अध्ययन गरिरहेका विभिन्न संस्थाहरूले तिब्बती क्षेत्रमा रहेको ‘सुप्राग्लेसियल’ ताल विस्फोट भएका कारण बाढी आएको प्रारम्भिक निष्कर्ष निकालेका हुन् ।

    जल तथा मौसम विज्ञान विभागले बाढीको सम्भावित कारण हिमताल विस्फोट हुनसक्ने प्रवल सम्भावना भएपनि कुन ताल विस्फोट भएको भन्ने सम्बन्धमा अध्ययन भइरहेको बताएको छ । स्वतन्त्र विज्ञहरूको अध्ययन टोलीले पनि यसलाई पुष्टि भएको जनाएको छ । अध्ययनमा संलग्नमध्येका एक जलवायुविद् डा. धर्मराज उप्रेतीले स्याटेलाइट तस्वीरको प्रारम्भिक अध्ययनबाट तिब्बती क्षेत्रमा रहेको सुप्राग्लेसियल ताल विस्फोटका कारण बाढी आएको देखिने जानकारी दिनुभयो ।

    सो क्षेत्रमा अन्य तालहरू पनि रहेकाले ती तालको परिवर्तनको अवस्थितिको सुक्ष्म विश्लेषण पनि भइरहेको पनि उहाँले जानकारी दिनुभयो । यो ताल धेरै पुरानो नभएको देखिएको उहाँको भनाई छ ।


    बुधवार, आषाढ २५ २०८२०४:५०:५७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij