Aug 25 2026 | २०८३, भाद्र ९ गते

२०८३, भाद्र ९ गते
  • यो साता चर्चामा :
images

अन्तिम समयमा आएर ‘भूमि सम्बन्धी विधेयक’ प्रतिनिधिसभाको कार्यसूचीबाट हटाइयो

अन्तिम समयमा आएर ‘भूमि सम्बन्धी विधेयक’ प्रतिनिधिसभाको कार्यसूचीबाट हटाइयो

  • बुधवार, आषाढ २५ २०८२

  • 371
    SHARES

  • अन्तिम समयमा आएर ‘भूमि सम्बन्धी  विधेयक’ प्रतिनिधिसभाको कार्यसूचीबाट हटाइयो

    काठमाडौं । सत्तारुढ तथा प्रतिनिधिसभाको सबैभन्दा ठुलो दल नेपाली कांग्रेसले असहमति जनाएपछि ‘भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८२’ प्रतिनिधिसभाको कार्यसूचीबाट हटाइएको छ ।

    बुधबारको प्रतिनिधिसभाका लागि तय गरिएको सम्भावित कार्यसूचीमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले विधेयकमाथि दफावार छलफल सदनमा गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने उल्लेख थियो ।

    तर, कांग्रेसले असहमति जनाएपछि अहिले आएको कार्यसूचीबाट त्यो विधेयक हटाइएको छ । कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले बिहान भूमि सम्बन्धी केही नेपाल ऐन संशोधन विधेयक सहमति जुटाएर मात्र अघि बढाउनुपर्ने बताउनु भएको थियो ।

    विधेयक आज संसद्मा प्रस्तुत गर्ने सम्भावित कार्यसूचीमा राखिएपछि आपत्ति जनाउँदै शर्माले यो विधेयकलाई संशोधन गरेर सहमति जुटाउन जरुरी रहेको उल्लेख गर्नुभएको थियो । पर्याप्त गृहकार्य नगरी सोझै पारित गर्नेगरी संसदमा प्रस्तुत हुन लागेकोमा आफ्नो विमति रहेको शर्माले बताउनुभयो ।


    बुधवार, आषाढ २५ २०८२०१:३०:५२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij