Aug 25 2026 | २०८३, भाद्र ९ गते

२०८३, भाद्र ९ गते
  • यो साता चर्चामा :
images

पहिलो संसदमा पाल्पाबाट निर्वाचित पुर्वमन्त्री रेग्मीको निधन

पहिलो संसदमा पाल्पाबाट निर्वाचित पुर्वमन्त्री रेग्मीको निधन

  • मंगलवार, आषाढ २४ २०८२

  • 565
    SHARES

  • पहिलो संसदमा पाल्पाबाट निर्वाचित पुर्वमन्त्री रेग्मीको निधन

    काठमाडौँ । नेपालको पहिलो संसदमा पाल्पाबाट निर्वाचित पुराना राजनितिज्ञ अच्युतराज रेग्मीको निधन भएको छ ।

    काठमाडौ मध्य बानेश्वरमा बस्दै आएपनि केही समय अघि अष्ट्रेलिया जानु भएका रेग्मीको हिजो सोमबार उतै निधन भएको पारिवारिक श्रोतले जनाएको छ । पाल्पाको तानसेन नगरपालिका वडा नंं. २, मेहलधारामा जन्मनु भएका रेग्मीको ९३ बर्षको उमेरमा निधन भएको हो ।

    त्यतिबेला निर्वाचन क्षेत्र नं. ९३ मानिने अहिलेको पाल्पाको क्षेत्र नं.२ बाट निर्वाचित रेग्मी २०३३ सालमा पञ्चायती व्यवस्थाको समर्थक भएर मन्त्री समेत हुनुभएको थियो । त्यसपछि उहाँले राजनीति छोडेर आध्यात्मीक क्षेत्रमा लाग्नु भएको थियो ।

    काठमाडौमा रहँदा पाल्पाली संगमको आजिवन सदस्य तथा सल्लाहकार समेत रहनु भएका रेग्मीको निधन प्रति संगमले गहिरो दुःख व्यक्त गरेको छ ।

    संगमका महासचिव जीवन भण्डारीले स्वर्गिय रेग्मीलाई पाल्पाको गौरव र इतिहासको रुपमा स्मरण गर्दै उहाँको निधनबाट देशलाई नै ठुलो क्षति पुगेको उल्लेख गर्नु भएको छ ।


    मंगलवार, आषाढ २४ २०८२०८:१५:५५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij