Aug 25 2026 | २०८३, भाद्र ९ गते

२०८३, भाद्र ९ गते
  • यो साता चर्चामा :
images

राज्‍य मन्त्री चौधरीले प्रधानमन्त्रीलाई राजिनामा बुझाउँदै

राज्‍य मन्त्री चौधरीले प्रधानमन्त्रीलाई राजिनामा बुझाउँदै

  • आइतवार, आषाढ २२ २०८२

  • 449
    SHARES

  • राज्‍य मन्त्री चौधरीले प्रधानमन्त्रीलाई राजिनामा बुझाउँदै

    काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा)बाट पर्यटन राज्‍यमन्त्री बनेका अरूण चौधरीले आज राजीनामा दिनु हुने भएको छ । आज अपराह्न ५ बजे प्रधानमन्त्री केपी शर्मा ओलीलाई वालुवाटार पुगेर राजीनामा बुझाउने तयारी भएको नाउपाका अध्‍यक्ष रन्जिता श्रेष्ठले जानकारी दिनुभयो ।

    ‘हामी सरकारबाट बाहिरिएर प्रतिपक्षमा बस्ने निर्णय गरेका छौं । त्यसकारण आज पर्यटन राज्‍यमन्त्री ज्‍यूले अपराह्न ५ बजे प्रधानमन्त्री ज्‍यूलाई भेटेर राजनीनामा बुझाउनुहुन्छ ।’ श्रेष्ठले भन्नुभयो । शनिबारको संसदीय दलको बैठकले नाउपा सरकारबाट बाहिरिने निर्णय गरेको थियो ।


    आइतवार, आषाढ २२ २०८२०२:४५:०९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij