Aug 25 2026 | २०८३, भाद्र ९ गते

२०८३, भाद्र ९ गते
  • यो साता चर्चामा :
images

सुदूरपश्चिम सरकारलाई दिएको समर्थन नाउपाद्वारा फिर्ता

सुदूरपश्चिम सरकारलाई दिएको समर्थन नाउपाद्वारा फिर्ता

  • शुक्रवार, आषाढ २० २०८२

  • 556
    SHARES

  • सुदूरपश्चिम सरकारलाई दिएको समर्थन नाउपाद्वारा फिर्ता

    काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । नाउपाको शुक्रबार बसेको संसदीय दलको बैठकले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको प्रदेश संसदीय दलका नेता घनश्याम चौधरीले अनलाइनखबरलाई जानकारी दिए ।

    सरकारबाट फिर्ता हुने निर्णय बारेको पत्र मुख्यमन्त्रीले बुझाइने उनले बताए । मुख्यमन्त्री कमलबहादुर शाहले बिहीबार उद्योग पर्यटन वन तथा वातावरणमन्त्री रामेश्वर चौधरीलाई बर्खास्त गरेसँगै नाउपाले यो निर्णय गरेको हो ।

    सुदूरपश्चिम प्रदेश सभामा कुल ५३ जना सांसदहरू छन् । जसमध्ये नाउपाका ७ सांसदहरू छन् । वर्तमान सरकारलाई बहुमतका लागि २७ सांसदको आवश्यक पर्छ । तर कांग्रेसका १८ र सभामुखबाहेक एमालेका ११ जना सांसदहरू छन् । जसका कारणले नाउपाको समर्थन फिर्ताले वर्तमान सरकारलाई कुनै असर गर्दैन । कांग्रेस नेतृत्वको सरकारलाई एमाले र नाउपाको समर्थन थियो ।

    प्रदेश सभामा माओवादी केन्द्रको १०, (दीर्घ सोडारी निलम्बन बाहेक) नेकपा एकीकृत समाजवादीका ३, स्वतन्त्र र राप्रपाको १-१ सांसद छन् ।


    शुक्रवार, आषाढ २० २०८२०२:५१:११
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij