Aug 25 2026 | २०८३, भाद्र ९ गते

२०८३, भाद्र ९ गते
  • यो साता चर्चामा :
images

‘कुलिङ पिरियड’मा भएको तोडमोडबारे छानबिन समिति गठन गर्नेबारे सभामुखद्वारा प्रमुख दलसँग छलफल

‘कुलिङ पिरियड’मा भएको तोडमोडबारे छानबिन समिति गठन गर्नेबारे सभामुखद्वारा प्रमुख दलसँग छलफल

  • बिहिवार, आषाढ १९ २०८२

  • 383
    SHARES

  • ‘कुलिङ पिरियड’मा भएको तोडमोडबारे छानबिन समिति गठन गर्नेबारे सभामुखद्वारा प्रमुख दलसँग छलफल

    काठमाडौं । निजामती सेवा विधेयकको ’कुलिङ पिरियड’मा भएको तोडमोडबारे छानबिन समिति गठन गर्नेबारे सभामुख देवराज घिमिरेले प्रमुख दलसँग छलफल गर्नुभएको छ । सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा आज सभामुख घिमिरेले नेकपा (एमाले)का मुख्य सचेतक महेशकुमार बर्तौला, नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरे र नेकपा (माओवादी केन्द्र)का प्रमुख सचेतक हितराज पाण्डेसँग छलफल गर्नुभएको हो । छलफलमा उपसभामुख इन्दिरा राना पनि सहभागी हुनुहुन्थ्यो ।

    सभामुखले प्रतिनिधिसभा नियमावली, २०७९ को नियम १८० बमोजिमको समिति गठन गर्न प्रस्ताव गर्नुभएको छ । उहाँले समितिले गर्नुपर्ने काम र सोको समयावधि तथा समितिमा रहने सदस्यको नामावलीबारे दलहरूको प्रस्ताव माग गर्नुभएको हो । प्रमुख दलहरूले संसदीय छानबिन समिति गठन गर्न नै उपयुक्त हुने सुझाव दिएका छन् । उनीहरूले विधेयकको व्यवस्था तोडमोड गरिएको विषय व्यवस्थापिकाको भएकाले सरकारको धारणा माग गर्न आवश्यक नभएको बताए । तीनवटै प्रमुख दलका नेताहरूले आ–आफ्ना दलसँग छलफल गरेर सभामुखलाई जानकारी गराउने बताएका छन् ।

    आगामी असार २३ गते बस्ने प्रतिनिधिसभाको बैठक अगावै दलहरूबीच समझदारी गरेर कार्यव्यवस्था परामर्श समितिको परामर्शमा सभामा समितिको प्रस्ताव गर्ने दलहरूबीच सहमति भएको सभामुखको सचिवालयले जनाएको छ । राज्यव्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले बुधबार बसेको समितिको बैठकका निर्णयबारे मौखिक जानकारी गराए पनि औपचारिक जानकारी नआएको संघीय संसद् सचिवालयले जनाएको छ ।

     


    बिहिवार, आषाढ १९ २०८२०५:४१:१४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij