Aug 25 2026 | २०८३, भाद्र ९ गते

२०८३, भाद्र ९ गते
  • यो साता चर्चामा :
images

संघीय निजामती सेवा विधेयक राष्ट्रियसभामा टेबुल

संघीय निजामती सेवा विधेयक राष्ट्रियसभामा टेबुल

  • बुधवार, आषाढ १८ २०८२

  • 670
    SHARES

  • संघीय निजामती सेवा विधेयक राष्ट्रियसभामा टेबुल

    काठमाडौं । संघीय निजामती सेवा विधेयक २०८० राष्ट्रियसभामा टेबुल गरिएको छ । बुधबार बसेको बैठकमा राष्ट्रियसभाका सचिव डा.सुरेन्द्र अर्यालले उक्त विधेयकका सम्बन्धमा प्रतिनिधिसभाबाट प्राप्त सन्देश टेबुल गर्नुभएको हो । 

    त्यसअघि बैठकको शून्य समयमा राष्ट्रिय सभाका सदस्यहरूले संघीय निजामती सेवा विधेयकमाथि चलखेल भएको भन्दै छानबिन हुनुपर्ने माग गरेका थिए । राष्ट्रियसभा सदस्य रुक्मिणी कोइरालाले निजामती विधेयकमा चलखेल भएको भन्दै सत्य तथ्य बाहिर ल्याउन माग गर्नुभयो । त्यस्तै राष्ट्रियसभा सदस्य विष्णुकुमारी सापकोटाले विधेयकमा देखिएका त्रुटिहरूलाई सच्चाउन माग गर्नुभएको थियो ।

    त्यस्तै राष्ट्रियसभा सदस्य श्रीकृष्ण प्रसाद अधिकारीले दुई वर्षको कुलिङ पिरियड राख्ने सहमति भएपछि त्यसविपरित विधेयक आएको भन्दै आपत्ति जनाउँदै कानून निर्माण जस्तो विषयमा भएको किर्ते कार्यमा संलग्नलाई संसदीय समिति बनाएर कारबाही गर्न उहाँले माग गर्नुभयो । राष्ट्रिय सभामा रहेका अन्य सदस्यहरूले समेत निजामती विधेयकका सन्दर्भमा छानबिन गरी सत्य तथ्य बाहिर ल्याउनुपर्नेमा जोड दिएका छन् ।


    बुधवार, आषाढ १८ २०८२०१:१७:५०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij