Aug 25 2026 | २०८३, भाद्र ९ गते

२०८३, भाद्र ९ गते
  • यो साता चर्चामा :
images

दलगत स्वार्थले संसद्को गरिमा कमजोर हुदै, राजनीतिप्रति नै जनताका मनमा नकारात्मक भाष्य हावी (खास खबर)

दलगत स्वार्थले संसद्को गरिमा कमजोर हुदै, राजनीतिप्रति नै जनताका मनमा नकारात्मक भाष्य हावी (खास खबर)

  • सोमवार, आषाढ १६ २०८२

  • 485
    SHARES

  • दलगत स्वार्थले संसद्को गरिमा कमजोर हुदै, राजनीतिप्रति नै जनताका मनमा नकारात्मक भाष्य हावी (खास खबर)

    काठमाडौं । आज संसद् दिवस, जनताको आवाजको प्रतिनिधित्व गर्ने, लोकतन्त्रको सुनिश्चितता र विकासको प्रवर्धनमा संसद्को भूमिकालाई सम्मान गर्न संसद् दिवस मनाइन्छ । प्रजातन्त्र स्थापना भएपछि २०१५ सालमा भएको पहिलो आमचुनावबाट गठित संसद्को पहिलो बैठक २०१६ साल असार १६ गते बसेको दिनलाई संसद् दिवसका रूपमा मनाउने गरिन्छ । यस दिवसले शासनमा पारदर्शिता, जवाफदेहिता र समावेशिता कायम गर्न संसदीय प्रणालीको महत्वलाई जोड दिन्छ ।

    यसले प्रजातान्त्रिक सिद्धान्तहरूको अनुस्मारकको रूपमा कार्य गर्दछ जसले विश्वव्यापी रूपमा प्रभावकारी विधायिकी प्रक्रियाहरूलाई चित्रित गर्दछ भन्ने विश्वास गरिन्छ । प्रतिनिधी सभाका सभामुख देवराज घिमिरेले संसद्लाई जनताको पक्षमा निर्णय लिने र व्यवस्थाप्रति जनआस्था बढाउने संस्थाको रूपमा विकास गर्नुपर्ने बताउनुहुन्छ । सभामुख घिमिरेले संसद्को भूमिकालाई बहस, भाषण र नाराबाजी गर्ने मञ्चको रुपमा विकास गर्न नहुनेमा जोड दिनुहुन्छ । 

    गणतन्त्रप्रति जनताको वितृष्णा बढाउन भइरहेका प्रयासहरूलाई विफल पार्न संसद्ले महत्वपूर्ण भूमिका खेल्नुपर्ने राय उहाँको छ । पूर्वसांसदहरूको ज्ञान, अनुभव र क्षमताको उपयोग गर्दै वर्तमान चुनौतीहरू सामना गर्नुपर्ने आवश्यकता रहेको पनि उल्लेख गर्नुभएको छ । बजेट अधिवेशनमा धेरै समय बित्ने गरेको उहाँको तर्क छ । संसद्को प्रभावकारितामाथि प्रश्न खडा गर्नेमात्र नभई संसदीय व्यवस्था र प्रणालीमाथि चुनौती खडा गर्ने वितण्डताहरु भोगिरहेको उल्लेख गर्दै व्यवस्था र प्रणालीको रक्षाका लागि एकजुट हुन जरुरी रहेको सभामुख घिमिरेको भनाई छ । संसद्लाई प्रभावकारी बनाउन सशक्त सचिवालयको आवश्यकता रहेकोमा उहाँ जोड दिनुहुन्छ ।

    ‘संसद् भाषण र नारावाजी गर्ने ठाउँ होइन । यो कार्य गर्ने, निर्णय लिने र परिणाम दिने मञ्चको रुपबाट यसलाई लानुपर्छ । जनताको आस्था बलियो बनाउने कुरा संसद्ले खेल्ने भूमिका हो । त्यो भूमिका खेल्नको लागि अहिले बहुआयामिक चुनौतीहरु रहेको तर्क सभामुख घिमिरेको छ ।
    खासगरी गणतन्त्रप्रति जनताको वितृष्णा बढाउन सकिन्छ कि भनेर अनेक ढङ्गबाट गरिएका कोसिसहरु निष्फल पार्नु नै आजको प्रमुख आवश्यकता र कर्तव्य हो । त्यसो गर्नको लागि संसदमाथि आशा, विश्वास जगाउनेगरी कामहरु गर्नुपर्छ।’ सभामुख घिमिरेको तर्क छ ।

    संसद्लाई प्रभावकारी बनाउन सशक्त सचिवालयको आवश्यकता रहेको उहाँको भनाइ छ । क्यालेण्डर बनाएर अगाढि बढे पनि कतिवेला कसलाई रिस उठ्छ र संसद चल्न दिदैन भन्छन् अनि बैठक प्रभावित हुन्छ भन्दै सभामुख घिमिरेले अव यसको मुल्याङकन कहाँ गर्ने भन्दै प्रश्न गर्नुहुन्छ ।

    संसद् लोकतन्त्रको आधारशिला हो, जसले प्रतिनिधिमूलक शासनको सिद्धान्तलाई मूर्तरूप दिन्छ । संसद्लाई बजेट पारित गर्ने, कानुन बनाउने, सरकारी कार्यहरूको निगरानी र खबरदारी गर्ने तथा जनताको मनको आवाज बुलन्द गर्ने कार्य जिम्मेवारी हुन्छ । यस्त,ै राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले संसद्लाई अझ प्रभावकारी, उत्तरदायी, पारदर्शी र जनमुखी बनाउनतर्फ केन्द्रित हुनुपर्नेमा जोड दिनुहुन्छ । दलगत स्वार्थले संसद्को गरिमा कमजोर हुन पुगेको ठहर अध्यक्ष दाहालको छ ।

    सांसदहरूले मानवअधिकारको संरक्षण, दिगो विकासको प्रवर्धन र गरिबी, असमानता र जलवायु परिवर्तन जस्ता नीतिगत मुद्दाहरूलाई सम्बोधन गर्न पनि महत्वपूर्ण भूमिका खेल्छन् । मूलतः जनताको प्रतिनिधित्व गर्छन् । राष्ट्रियसभाका अध्यक्ष दाहाल समयमा ऐन कानुन निर्माण हुन सकेको छ कि छैन भन्दै प्रश्न गर्नुहुन्छ ।

    जनताले आफ्ना प्रतिनिधिहरूको छनोट गरेर संसदरूपी संस्थामा पठाएसँगै मतदाताका प्रतिनिधिका रूपमा जनताको काम कुशलताका साथ गरुन् भन्ने अपेक्षा राख्दछन् । संसद्लाई सरकारका कामको छानबिन गर्ने, सार्वजनिक नीतिहरू जनताको आवश्यकता र आकांक्षासँग मिल्ने गरी बनेका छन् वा छैनन् भन्ने कुराको समेत सुनिश्चित गर्ने जिम्मेवारी दिइएको छ ।

    सार्वभौमसत्ता सम्पन्न जनताको वैधानिक प्रतिनिधित्व गर्ने थलो संसद् हो । तर, जनताको अपेक्षा र संसद्को कार्यक्षमताका बीचमा अन्तरविरोध पैदा हुँदा संसद्, सांसद र राजनीतिप्रति नै जनताका मनमा नकारात्मक भाष्य हावी हुन पुगेको अवस्था पनि छ ।


    सोमवार, आषाढ १६ २०८२०७:५२:५४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij