Aug 25 2026 | २०८३, भाद्र ९ गते

२०८३, भाद्र ९ गते
  • यो साता चर्चामा :
images

सार्वजनिक वित्तीय व्यवस्थापनमा ध्यान दिन सभामुख घिमिरेको सुझाव

सार्वजनिक वित्तीय व्यवस्थापनमा ध्यान दिन सभामुख घिमिरेको सुझाव

  • आइतवार, आषाढ १५ २०८२

  • 582
    SHARES

  • सार्वजनिक वित्तीय व्यवस्थापनमा ध्यान दिन सभामुख घिमिरेको सुझाव

    काठमाडौं । सभामुख देवराज घिमिरेले सार्वजनिक वित्तीय व्यवस्थापनमा समस्या देखिएको बताउँदै यसतर्फ ध्यान जान जरुरी रहेको बताउनु भएको छ । महालेखा परीक्षक कार्यालयको ६७ औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उहाँले बेरुजुले वित्तीय अनुशासन पक्षमा प्रश्न खडा गरेको बताउनुभयो । सोका लागि तीन तहका कर्मचारीहरूले जिम्मेवारी पूर्वक कार्यसम्पादन गर्नुपर्ने उहाँको भनाई छ ।

    महालेखापरीक्षकको ६२ औँ वार्षिक प्रतिवेदनमा २०८०/८१ सम्मको अद्यावधिक बेरुजु ७ अर्ब ३३ करोड पुगेको प्रसङ्ग जोड्दै उनले देखिएको बेरुजुलाई समयमै टुङ्गो लगाउन कानुनमा तोकिएको जिम्मेवारीअनुसार तीनै तहका सरकार, लेखाउत्तरदायी अधिकृत एवं महालेखा परीक्षकले प्रभावकारी भूमिका निर्वाह गर्नुपर्ने उहाँले उल्लेख गर्नुभयो ।

    स्थानीय तहमा वित्तीय अनुशासन कायम गर्न सबै पक्षबिच कार्यसम्पादनमा सन्तुलन हुनुपर्ने बताउँदै सभामुख घिमिरेले स्थानीय तहका लागि आर्थिक कार्यविधिसम्बन्धी कानुनको खाँचो देखिएको बताउनुभयो ।


    आइतवार, आषाढ १५ २०८२०२:०६:५०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij