Aug 25 2026 | २०८३, भाद्र ९ गते

२०८३, भाद्र ९ गते
  • यो साता चर्चामा :
images

एमालेको राजनीतिमा पूर्वराष्ट्रपति भण्डारीको ‘कम ब्याक’

एमालेको राजनीतिमा पूर्वराष्ट्रपति भण्डारीको ‘कम ब्याक’

  • शनिवार, आषाढ १४ २०८२

  • 618
    SHARES

  • एमालेको राजनीतिमा पूर्वराष्ट्रपति भण्डारीको ‘कम ब्याक’

    काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा एमालेको राजनीतिमा पुनः सक्रिय भएको औपचारिक घोषणा गर्नुभएको छ।आज काठमाण्डौमा जननेता मदनकुमार भण्डारीको ७४औं जन्म जयन्तीको अवसरमा आयोजित जबजका तीन दशक विषयक राष्ट्रिय गोष्ठीलाई सम्बोधन गर्दै उहाँले यस्तो घोषणा गर्नुभएको हो। सामाजिक न्याय र समानतामा आधारित समाजवाद निर्माण गरेर जनतालाई सुखी र राष्ट्रलाई समृद्ध बनाउनुपर्ने दायित्व अझै पूरा भएको छैन भन्ने आफूलाई लागेको र यस गहन दायित्वलाई सबैले बहन गर्न अग्रसर रहेकोले सक्रिय राजनीतिमा फर्किनु परेको बताउनुभयो ।

    मदन जयन्तीका अवसरमा भण्डारीले पार्टीको राजनीतिक यात्रालाई निरन्तरता दिने उद्देश्यका साथ एमाले परिवारको एक सदस्यको रुपमा पुनः जोडिएको घोषणा गर्दै उहाँले देश र जनताको हित नै आफ्नो ध्येय र लक्ष्य रहेको बताउनुभयो ।

    उहाँले जनतालाई सुखी र राष्ट्रलाई समृद्ध बनाउनुपर्ने दायित्व अझै पूरा नभएकाले त्यसका लागि आफू अग्रसर भएको बताउनुभएको छ । फरक ढङ्गको राजनीतिक जिम्मेवारीबाट मुक्त भएपछि नेकपा एमालेमै रहेर पार्टीको राजनीतिक यात्रालाई निरन्तरता दिने पवित्र उद्देश्यका साथ आफूले पार्टी सदस्यता नवीकरण गरेको बताउनुभयो। अब आफू नेकपा एमाले परिवारको एक सदस्यको रूपमा पुनः जोडिएको उहाँको भनाइ छ । यसमा आफूले गर्व महशुस गरेको उहाँले जिकिर गर्नुभयो ।

    पूर्वराष्ट्रपति भण्डारीले आफ्नो कुनै विशिष्ट महत्वाकांक्षा नरहेको र देश र जनताको हित नै आफ्नो ध्येय र लक्ष्य भएको बताउनुभयो । राजनीतिमा थकाइ भन्ने शब्दावली नरहने उहाँको भनाइ छ । पूर्वराष्ट्रपति भण्डारीले समयलाई राम्रोसँग बुझेर र त्यसलाई आत्मसात गरेर संयमतापूर्वक अग्रसर हुनुपर्ने बताउनुभयो । उहाँले सदाझैँ सबैको सधैँभर माया र विश्वास पाइरहने विश्वास समेत व्यक्त गर्नुभयो ।

    यस्तै सोही कार्यक्रममा बोल्दै प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा एमाले ध्वस्त हुने सपना नदेख्न आग्रह गर्नुभएको छ । उहाँले सञ्चारमाध्ययमा आज आफूले र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले बम पड्काउने जस्ता भ्रम फिँजाइएको र आजैदेखि नेकपा एमाले ध्वस्त हुने कुरा गरिएको भन्दै केही पनि नहुने बताउनुभयो ।

    ओलीले नेकपा एमाले एक रहेको र एक भइरहने बताउनुभयो । आउँदा दिनमा पनि एकजुट भएर अघि बढ्ने स्पष्ट पार्नुभयो। मदन भण्डारीको विचारलाई मियो मानेर मुलुक अघि बढेको बताउनु भएको छ। जनताको बहुदलीय जनवादका प्रणेता मदन भण्डारीको ७४औं जन्मजयन्तीको अवसरमा राष्ट्रिय सभा गृहमा आयोजित जबजका तीन दशक राष्ट्रिय गोष्ठीलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भण्डारीले नेपालको राजनीतिमा मदन भण्डारीले पु¥याएको योगदानको चर्चा समेत गर्नुभयो ।

    दिशानिर्देश, राजनीतिक विकासक्रम, इतिहास निर्माणको विशेष कालखण्ड, विश्वमा वामपन्थी र समाजवादी आन्दोलनमाथि भयानक शङ्का पैदा भएको बेलामा मदनको नेतृत्वमा नेकपा एमालेले नयाँ विचार अघि बढाएको उहाँको भनाई थियो । सिद्धान्तको रक्षा गर्दै सुझबुझ र कार्यनीतिक रुपले समायानुकूल अघि बढ्ने नयाँ बाटोमा देश चल्नुपर्छ र वामपन्थी आन्दोलन र विश्व समाजवादी आन्दोलन अघि बढ्नुपर्छ भन्ने सिद्धान्तमा मदन भण्डारी अघि बढेको प्रधानमन्त्री ओलीले बताउनुभयो ।

    यस्तै सोही कार्यक्रममा बोल्दै एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पार्टी जीवनको लोकतान्त्रीकरण जबजको अभिछिन्न अंग भएकाले तलमाथि गर्न नसकिने बताएका छन्। पार्टीमा लोकतान्त्रीकरणको चर्चा गर्दै जुनसुकै विद्रोहलाई विधिसम्मत समाधान गर्नुपर्ने पोखरेलले बताए ।

    उनले भने,‘२०७८ साल असोजमा विधान महाधिवेशनमा पारित भएका दस्ताबेजहरू जस्ताको तस्तै सुरक्षित छन्। हामीले पार्टीको लोकतान्त्रीकरणको बारेमा के– के कुरा ग¥यौँ। कार्यकालका कुरा ग¥यौ, उमेरका कुरा ग¥यौ । नियन्त्रण र सन्तुलनका कुराहरू पनि ग¥यौ र थुप्रै कुराहरू राख्यौँ। त्यो राखेको कुनै झ्वाकमा राखेको होइन, सुविचारित ढङ्गले लामो बहस र छलफलबाट निकालिएका निष्कर्ष हो ।’

    अहिले पनि विधान महाधिवेशन हुन लागेको भन्दै पार्टीमा लोकतान्त्रीकरणको कुरा गर्दा एमालेमा उमेर र कार्यकालको चर्चा चल्नु स्वाभाविक भएको बताए ।


    शनिवार, आषाढ १४ २०८२०६:३७:५३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij