Aug 25 2026 | २०८३, भाद्र ९ गते

२०८३, भाद्र ९ गते
  • यो साता चर्चामा :
images

पार्टीभित्र स्वार्थ खोज्नेहरूको हिसाब किताब गरिने ओलीको चेतावनी

पार्टीभित्र स्वार्थ खोज्नेहरूको हिसाब किताब गरिने ओलीको चेतावनी

  • शनिवार, आषाढ १४ २०८२

  • 550
    SHARES

  • पार्टीभित्र स्वार्थ खोज्नेहरूको हिसाब किताब गरिने ओलीको चेतावनी

    काठमाडौं । प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीको महाधिवेशन नआउँदै केही स्वार्थी तत्वहरूलाई महाधिवेशन लागेको टिप्पणी गर्नुभएको छ। जननेता मदनकुमार भण्डारीको ७४औँ जन्मजयन्तीका अवसरमा राष्ट्रिय युवा सङ्घले चन्द्रागिरी नगरपालिका– १३, कङ्कालीमा आयोजना गरेको वृक्षरोपण कार्यक्रमको शुभारम्भ गर्दै उहाँले आफूहरूको लक्ष्य पार्टीलाई एकल बहुमतसहितको मिसन– २०८४ रहेको स्थितिमा पार्टीभित्र आफ्नो स्वार्थ खोज्नेहरूको हिसाब किताब गरिने बताउनु भएको हो ।

    आफुहरु अर्जुनदृष्टिका साथ मिसन– २०८४ को अभियानमा रहेको बताउँदै उहाँले महाधिवेशन नआउँदै महाधिवेशन लागेको जस्तो देखाउन आवश्यक नरहेको बताउनुभयो । प्रधानमन्त्री ओलीले शिक्षक, विद्यार्थी र सबैको मेहनतका कारण यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा गत वर्षको भन्दा १४ प्रतिशत बढी विद्यार्थी उत्तीर्ण भएको उल्लेख गर्नुभएको छ । साथै उहाँले आगामी वर्ष थप सुधार ल्याउने गरी काम गरिने प्रतिवद्धता जनाउनुभयो ।


    शनिवार, आषाढ १४ २०८२०१:३३:२३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij