Aug 25 2026 | २०८३, भाद्र ९ गते

२०८३, भाद्र ९ गते
  • यो साता चर्चामा :
images

भिजिट भिसा प्रकरणमा न्यायिक छानबिनको माग गर्दै रास्वपाका विरोध जारी

भिजिट भिसा प्रकरणमा न्यायिक छानबिनको माग गर्दै रास्वपाका विरोध जारी

  • शनिवार, आषाढ १४ २०८२

  • 326
    SHARES

  • भिजिट भिसा प्रकरणमा न्यायिक छानबिनको माग गर्दै रास्वपाका विरोध जारी

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भिजिट भिसा प्रकरणमा न्यायिक छानबिनको माग गर्दै प्रतिनिधिसभामा विरोध प्रदर्शन शनिबार पनि जारी राखेको छ । सरकारले छानबिन समितिको नाममा मानव तस्करीमा संलग्नहरूलाई जोगाउन लागेको आरोप रास्वपाको रहेको छ ।

    शनिबार बैठकमा आफ्नो धारणा राख्दै रास्वपा सांसद गणेश पराजुलीले नक्कली भुटानी शरणार्थी बनाएर आफ्नै देशको जनतालाई बेच्ने राष्ट्रघाती अपराधपछि अहिले भिजिट भिसाको आवरणमा मानव तस्करीको जालोमा जनतालाई जबरजस्ती पस्न बाध्य पारेको बताउनुभयो । अपराधमा संलग्न तस्कर र दलालहरूलाई संरक्षण गर्ने काम राज्य र सरकार सञ्चालन गर्ने दलहरूकै नेताहरूको संलग्नता रहेको भन्दै त्यसमा कडा छानविन हुनुपर्ने आफुहरुको माग रहेको पराजुलीले बताउनुभयो ।

    यो केवल कानुनी अपराध मात्र नभएर राष्ट्र र जनताको इज्जत र आत्मसम्मान माथि गरिएको चीरहरण भएको उहाँले जिकीर गर्नुभएको छ । उहाँले भन्नुभयो, ‘गृहमन्त्रीलाई मेरो प्रश्न छ, जेठ ७ गते अख्तियारले कारबाही गर्दा अध्यागमन प्रमुखलाई बचाउने र अनुसन्धान गर्ने डीआईजीको सरुवा गर्ने तपाईँले गरेको व्यवहार गर्ने शङ्काको घरेभित्र आउँदैन ? तपाईँकै सचिवालयभित्रको सदस्य यो अपराध कर्ममा जोडिँदै गरेको तथ्य बाहिर आउँदै गर्दा यो घटनामा राजनीतिक संरक्षण छ भनेर शङ्का गर्न सकिँदैन ?’ पराजुलीलले भन्नुभयो ।


    शनिवार, आषाढ १४ २०८२०१:२६:००
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij