Aug 25 2026 | २०८३, भाद्र ९ गते

२०८३, भाद्र ९ गते
  • यो साता चर्चामा :
images

सुमिरे टुरमाथि छानविन गर्न सांसद खतिवडाको आग्रह

सुमिरे टुरमाथि छानविन गर्न सांसद खतिवडाको आग्रह

  • शनिवार, आषाढ १४ २०८२

  • 447
    SHARES

  • सुमिरे टुरमाथि छानविन गर्न सांसद खतिवडाको आग्रह

    काठमाडौं । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले सुमिरे टुर एण्ड ट्राभल्सले विगत १० वर्षदेखि जापानमा भिजिट भिसाका नाममा हजारौँ मानिसबाट अर्बौैं रुपैयाँ लिएर बदमासी गरिरहेको भन्दै निष्पक्ष छानबिनको माग गर्नुभएको छ ।

    प्रतिनिधि सभाको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदप्रति लक्षित गर्दै उहाँले विगत १० वर्षदेखि जापानमा भिजिट भिसाका नाममा हजारौँ मान्छे पठाएवापतको पैसाले संसदमा प्रतिनिधित्व गरेको आरोप लगाउनुभयो । यसमा निष्पक्ष छानबिन गरी कारबाहीको दायरा अघि बढाउन समेत उहाँले माग गर्नुभएको छ ।

    सांसद खतिवडाले आफ्ना कुरा राख्ने, अरू माननीय सदस्यहरूले कुरा राख्न थाल्दा नारा लगाउने प्रक्रिया संसदमा जारी रहेको भन्दै यसको अन्त्य गर्न पनि आग्रह गर्नुभयो ।


    शनिवार, आषाढ १४ २०८२०१:२१:२९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij