Aug 25 2026 | २०८३, भाद्र ९ गते

२०८३, भाद्र ९ गते
  • यो साता चर्चामा :
images

प्रहरी विधेयक असारभित्रै संसदमा पेश हुन्छ - गृहमन्त्री

प्रहरी विधेयक असारभित्रै संसदमा पेश हुन्छ - गृहमन्त्री

  • बुधवार, आषाढ ११ २०८२

  • 679
    SHARES

  • प्रहरी विधेयक असारभित्रै संसदमा पेश हुन्छ - गृहमन्त्री

    काठमाडौं । गृहमन्त्री रमेश लेखकले नेपाल प्रहरीसम्बन्धी कानुनलाई संशोधन गर्न बनेको विधेयक असार महिनाभित्रै प्रतिनिधिसभामा पेश गर्ने वातावरण बनाइदिन आग्रह गर्नुभएको छ। आज सिंहदरबारमा बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै गृहमन्त्री लेखकले सम्भव भए नेपाल प्रहरी सम्बन्धी कानुनलाई संशोधन गर्न बनेको विधेयक असार महिनाभित्रै समितिबाट पारित गरेर सदनमा पेश गर्ने वातावरण बनाइदिन आग्रह गर्नुभएको हो ।

    ’समितिमा आजबाट नेपाल प्रहरीसम्बन्धी कानुनलाई संशोधन गर्न बनेको विधेयकमाथि सैद्धान्तिक छलफल प्रारम्भ गरेका छौं,’ उहाँले भन्नुभयो ’७० सालपछि प्रहरी कानुन बनाउँदैछौं । यो मेरो र गृहमन्त्रालयको प्राथमिकताको विषय हो । विधेयक टुंगो लगाउन जति समय छलफलका लागि भन्नु हुन्छ हामी तयार छौं ।’

    उहाँले सशस्त्र प्रहरी बलको विधेयक पनि महत्वपूर्ण नै रहेको बताउँदै सो विधेयक पनि टुंगो लगाउन समिति समक्ष आग्रह गर्नुभयो । गृहअन्तरगतका अरु पनि विधयेकहरू पाइपलाइनमा रहेको गृहमन्त्री लेखकले बताउनुभयो ।


    बुधवार, आषाढ ११ २०८२०५:४९:२६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij