Aug 25 2026 | २०८३, भाद्र ९ गते

२०८३, भाद्र ९ गते
  • यो साता चर्चामा :
images

सामाजिक सञ्जाललाई व्यवस्थापन गरिने संञ्चारमन्त्रीको भनाई

सामाजिक सञ्जाललाई व्यवस्थापन गरिने संञ्चारमन्त्रीको भनाई

  • मंगलवार, आषाढ १० २०८२

  • 473
    SHARES

  • सामाजिक सञ्जाललाई व्यवस्थापन गरिने संञ्चारमन्त्रीको भनाई

    काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले सामाजिक सञ्जाललाई व्यवस्थापन गरिने बताउनु भएको छ । मन्त्री गुरुङले सञ्चार मन्त्रालयले तीन पटकसम्म दर्ताका लागि आह्वान गर्दा समेत सामाजिक सञ्जालहरू नेपालमा दर्ता नभएको भन्दै अहिले सरकारले नियमन गर्ने विधेयक निर्माण गरिरहेको जानकारी दिनुभयो ।

    प्रतिनिधिसभाको मंगलबारको बैठकमा विनियोजन शीर्षकमाथि उठेका प्रश्नहरूको जवाफ दिँदै मन्त्री गुरुङले सूचना प्रविधिको क्षेत्रमा निजी क्षेत्रलाई आकर्षित गर्दै निर्यातयोग्य सूचना प्रविधि विकास गरिने पनि स्पष्ट पार्नुभयो ।

    सबै सामाजिक सञ्जाल दर्ता हुनुपर्ने र नेपालको कानुन मान्नुपर्ने प्रस्ट पार्दै उहाँले विधेयक पास भएसँगै समस्या समाधान हुने विश्वास व्यक्त गर्नुभयो । मन्त्री गुरुङले सूचना र प्रविधिको क्षेत्रमा युवा जनशक्तिलाई आकर्षित गरी रोजगारी र स्वरोजगारीको अवसर सिर्जना गर्दै सूचना प्रविधिमार्फत आर्थिक, सामाजिक रूपान्तरण एवं आर्थिक समृद्धि हासिल गर्ने दीर्घकालीन सोच अगाडि बढाइएको बताउनुभयो ।

    ‘सूचना प्रविधिमार्फत आर्थिक सामाजिक रूपान्तरण एवं आर्थिक समृद्धि हासिल गर्ने सूचना प्रविधि मन्त्रालयको दीर्घकालीन सोच रहेको छ’, मन्त्री गुरुङको भनाइ छ ।


    मंगलवार, आषाढ १० २०८२०४:३३:२६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij