Aug 23 2026 | २०८३, भाद्र ७ गते

२०८३, भाद्र ७ गते
  • यो साता चर्चामा :
images

दोहोरो अंकले ओरालो लाग्यो सेयर बजार

दोहोरो अंकले ओरालो लाग्यो सेयर बजार

  • आइतवार, आषाढ ८ २०८२

  • 455
    SHARES

  • दोहोरो अंकले ओरालो लाग्यो सेयर बजार

    काठमाडौं । साताको पहिलो नेपाल स्टक एक्सचेञ्ज (नेप्से) दोहोरो अंकले ओरालो लागेको छ । आज नौ अर्ब १४ करोड ५८ लाख ५८ हजार पाँच सय १० रुपैयाँको शेयर कारोबार हुँदा ३२.९३ अंकले नेप्से घटेर २५९५.९७ विन्दुमा आइपुगेको हो ।

    नेप्सेमा शेयर कारोबार भएका कम्पनीमध्ये आज २२५ वटा कम्पनीको शेयर मूल्य घट्यो भने २३ वटा कम्पनीको शेयर मूल्य बढ्यो । नेप्से घटेसँगै आज नेप्सेको पुँजीकरणमा पनि १.२५ प्रतिशतले गिरावट आएको छ ।

    आज नेप्सेमा जोशी हाइड्रोपावरको शेयर कारोबार गर्नेले सबैभन्दा धेरै नाफा आर्जन गरे भने पियोर इनर्जीका कारोबारीले सबैभन्दा धेरै गुमाए । नेप्सेको गिरावटसँगै सबै समूहको परिसूचक पनि आज नकारात्मक बन्न पुगेको छ ।


    आइतवार, आषाढ ८ २०८२०४:५४:५०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij