Aug 25 2026 | २०८३, भाद्र ९ गते

२०८३, भाद्र ९ गते
  • यो साता चर्चामा :
images

संसद् बिहीबारसम्मका लागि स्थगित

संसद् बिहीबारसम्मका लागि स्थगित

  • मंगलवार, आषाढ ३ २०८२

  • 424
    SHARES

  • संसद् बिहीबारसम्मका लागि स्थगित

    काठमाडौं । प्रतिनिधिसभाको बैठक बिहीबारसम्मका लागि स्थगित भएको छ । संसद् सचिवालयले मंगलबार सूचना टाँस गरेर बिहीबारसम्मका लागि बैठक स्थगित गरेको हो । बैठक बिहीबार बिहान ११ बजे बस्ने सार्वजनिक सूचनामा उल्लेख छ ।

    सभामुख देवराज घिमिरेले दलहरूलाई बुधबार सहमतिका लागि गृहकार्य गर्न भन्नुभएको जनाइएको छ । ‘बैठक पर्सी (बिहीबार) बस्छ । भोलि (बुधबार) दलहरूलाई सहमतिका लागि गृहकार्य भन्नुभएको छ,’ सभामुख घिमिरेको सचिवालयले भनेको छ ।

    यसअघि दिउँसो २ बजेपछि बसेको बैठक केहीबेरमै आधा घण्टाका लागि स्थगित भएको थियो । तोकिएको आधा घण्टामा बैठक चल्न नसकेपछि सूचना टाँस गरेर साढे ४ बजेका लागि सारिएको थियो । साढे ४ बजेपनि बैठक नबसेपछि बुधबारका लागी बैठक सारिएको हो ।


    मंगलवार, आषाढ ३ २०८२०५:३५:१२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij