काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक आह्वान गरेको छ । भोलि (बुधबार) बिहान साढे ८ बजे बस्नेगरी बैठक बोलाइएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।
यसअघि आगामी असार १५ गते बस्नेगरी तय भएको बैठक भोलि नै बस्ने भएकाले आकस्मिक भनिएको मुख्यसचिव पौडेलले जानकारी दिनुभयो । कांग्रेसका पूर्वसांसद ढुण्डिराज शास्त्री पौडेलको निधन भएपछि त्यसको शोक प्रस्ताव पारित गर्ने तयायतका कार्यसूचीमा छलफल गर्न बैठक बोलाइएको हो ।
उहाँका अनुसार, बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्नेछ । बैठकमा सहभागी हुनका लागि पदाधिकारी, सदस्य एवं आमन्त्रित सदस्यहरूलाई उपस्थितिका लागि अनुरोध गरिएको छ ।