Aug 25 2026 | २०८३, भाद्र ९ गते

२०८३, भाद्र ९ गते
  • यो साता चर्चामा :
images

सांसदहरुलाई स्वनियममा बस्न सभामुखको निर्देशन

सांसदहरुलाई स्वनियममा बस्न सभामुखको निर्देशन

  • मंगलवार, आषाढ ३ २०८२

  • 594
    SHARES

  • सांसदहरुलाई स्वनियममा बस्न सभामुखको निर्देशन

    काठमाडौं । सभामुख देवराज घिमिरेले नीलो स्कार्फ लगाएर संसद्मा छिरेका राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरू आफैं स्वनियमनमा बस्नुपर्ने बताउनु भएको छ । भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकको राजीनामा माग्दै विरोधमा उत्रिएका रास्वपा सांसदहरूलाई संसद् बैठकबाट निष्काशन गर्न प्रमुख सत्तारुढ नेपाली कांग्रेसले माग गरेका सन्दर्भमा घिमिरेले यस्तो जवाफ दिनुभएको हो ।

    कांग्रेससहित अन्य दलका सांसदहरूले पनि सदनमा रास्वपा सांसदहरू नीलो स्कार्फमा प्रवेश गरेकोबारे सभामुख घिमिरेको ध्यानाकर्षण गराएको थियो ।

    यस्तै मंगलबार दिउँसो २ बजे बसेको प्रतिनिधिसभाको बैठकमा नियमापत्ति जनाउने क्रममा कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले रास्वपा सांसदहरूलाई बैठकबाट निकाल्न माग गरेका थिए । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूले जथाभावी ड्रेस लगाएर संसद् भवन प्रवेश गरेको भन्दै सत्तारुढ दल नेपाली कांग्रेसका प्रमुख सचेतकले कारबाही गर्न सभामुख देवराज घिमिरेको ध्यानाकर्षण गराउनु भएको थियो ।
    बैठकमा निलो रिबन लगाएर प्रवेश गरेका रास्वपा सांसदहरूलाई चेतावनी र संसद्ंबाट निष्कासन समेत हुनसक्ने नियमावली सम्झाउँदै घिमिरेले ध्यानाकर्षण गराउनु भएको हो ।

    यता प्रतिपक्षी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सत्तारूढ नेपाली कांग्रेसलाई प्रश्न गरेको छ । कांगेसले निलो रिबन लगाएर गएका सांसदहरूलाई संसद् बैठकबाट बाहिर निकाल्नु पर्ने माग गरेपछि रास्वपाले यस्तो प्रश्न गरेको हो । रास्वपाका कार्यवाहक प्रवक्तासमेत रहेका सांसद मनिष झाले एक्स मार्फत् ‘सदनमा रातो मफलर लगाउन पाउने तर नीलो नलगाऊ भन्ने कुन नियमावलीले भन्छ ?’ भनेर प्रश्न समेत गर्नुभएको हो ।


    मंगलवार, आषाढ ३ २०८२०४:०५:४८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij