Aug 25 2026 | २०८३, भाद्र ९ गते

२०८३, भाद्र ९ गते
  • यो साता चर्चामा :
images

जलवायु परिवर्तनका समस्या अन्तर्राष्ट्रियकरण गर्ने सरकारको योजना

जलवायु परिवर्तनका समस्या अन्तर्राष्ट्रियकरण गर्ने सरकारको योजना

  • मंगलवार, आषाढ ३ २०८२

  • 421
    SHARES

  • जलवायु परिवर्तनका समस्या अन्तर्राष्ट्रियकरण गर्ने सरकारको योजना

    काठमाडौं । वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले नेपाल जलवायु परिवर्तनबाट बढी प्रभावित मुलुक भएकाले यसलाई निरन्तर अन्तर्राष्ट्रियकरण गर्ने बताउनुभएको छ । आज ललितपुरमा आयोजित ‘पोष्ट सगरमाथा संवाद’को उद्घाटन गर्दै मन्त्री ठकुरीले जलवायु परिवर्तनबाट नेपालमा परेको असरका बारेमा अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराउँदै जलवायुवित्तदेखि प्रविधि हस्तान्तरणमा फाइदा लिन सक्नुपर्ने बताउनु भएको हो ।

    काठमाडौंमा सम्पन्न सगरमाथा संवादका निष्कर्षलाई कार्यान्वयन गर्न सरकारले कार्य योजना बनाइएको भन्दै उहाँले तीन तहका सरकार मिलेर जलवायु असरलाई कम गर्न ध्यान केन्द्रित गर्ने उल्लेख गर्नुभयो । मन्त्री ठकुरीले सबैको सहयोग र समन्वयमा २५ बुँदे सगरमाथा कार्य योजनालाई क्रमशः कार्यान्वयनमा लैजाने दाबी गर्नुभएको छ।

    कार्यक्रममा सहभागी अन्य वक्ताहरूले जलवायुले हिमालदेखि समुद्रसम्म असर गरेको उल्लेख गर्दै जलवायुका नकारात्मक असरविरुद्ध लड्न एकजुट हुनुपर्नेमा जोड दिएका थिए ।


    मंगलवार, आषाढ ३ २०८२०३:५५:३१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij