Aug 25 2026 | २०८३, भाद्र ९ गते

२०८३, भाद्र ९ गते
  • यो साता चर्चामा :
images

संसद् बैठकको कार्यसूची जबरजस्ती अगाडि बढ्दै, नाराबाजीकाबीच बजेटमाथिको छलफल, नाराबाजीप्रति सत्तापक्षको नियमापत्ति (खास खबर)

संसद् बैठकको कार्यसूची जबरजस्ती अगाडि बढ्दै, नाराबाजीकाबीच बजेटमाथिको छलफल, नाराबाजीप्रति सत्तापक्षको नियमापत्ति (खास खबर)

  • सोमवार, आषाढ २ २०८२

  • 428
    SHARES

  • संसद् बैठकको कार्यसूची जबरजस्ती अगाडि बढ्दै, नाराबाजीकाबीच बजेटमाथिको छलफल, नाराबाजीप्रति सत्तापक्षको नियमापत्ति (खास खबर)

    काठमाडौं। संसद्मा यतिबेला सल्लाह ,सुझाव, टिप्पणी , उत्साह र नयाँ प्रतिकृया सहित बजेटमाथिको छलफल चल्नुुपर्ने थियो । तर बिडम्वना बजेट आएको १७ दिनपछि हिजोदेखि सुरु भएको बजेटमाथिको छलफलमा संसद् बैठकमा निरन्तर अवरोध भईरहेको छ । रास्वपा र राप्रपाले संसद्मा अवरोध गरेका हुन् ।

    विपक्षी दलले विरोध गरे पनि सभामुख देवराज घिमिरेले प्रतिनिधिसभा बैठकको कार्यसूची जबरजस्ती अघि बढाउनुपर्ने वाध्यता रहेको छ । सभामुख घिमिरेले बैठक सुरु भएको जानकारी गराएलगत्तै रास्वपा र राप्रपाका सांसदले उठेर विरोध जनाएका थिए । सभामुखलाई केहिदिन यता बैठक सम्हाल्न हम्मे परेको छ । सभामुखले ’आर्थिक वर्ष २०८२-८३ को राजस्व व्ययको वार्षिक अनुमानमाथिको छलफल’मा दलीय आधारमा सांसदलाई बोल्न दिनुभएको थियो ।

    तर रास्वपाले वेल घेराउ गर्दै नाराबाजी जारी राखेको थियो । रास्वपा सांसदले गृहमन्त्री रमेश लेखकले ’राजीनामा दिनुपर्ने’ र ’मानव तस्करी बन्द गर्नुपर्ने’ नारा लगाएका थिए । उता,राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले संसद् बैठक जबर्जस्ती सञ्चालन नगर्न सभामुखलाई आग्रह गर्नुभएको थियो ।
    यसैबीच, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद सन्तोष परियारले भिजिट भिसाको आवरणमा राज्यको संलग्नतामा मानव बेचबिखन भइरहेको गम्भीर आरोप लगाउनुभएको छ ।

    प्रतिनिधिसभाको बैठकमा बोल्दै परियारले विगत २० दिनदेखि यो विषय सार्वजनिक रुपमा चर्चामा आएको भन्दै राज्य संयन्त्र स्वयं यसमा संलग्न भएको बताउनु भएको हो । परियारले राज्य जनताको हितका लागि हुनुपर्नेमा, आजको राज्य व्यवस्था शासकहरुको स्वार्थमा सीमित भएको टिप्पणी गर्नुभयो ।

    नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष सांसद प्रकाश ज्वालाले आगामी आर्थिक वर्षका लागि विनियोजित बजेटमा मन्त्री, मन्त्रीका आसेपासे र बिचौलियाको हालीमुहाली रहेको बताउनुभयो । बजेटमाथिको सैद्धान्तिक छलफलमा भाग लिँदै सांसद ज्वालाले मन्त्री र तिनका आसेपासे तथा बिचौलियाले बजेटमा हालीमुहाली गरेको बताउनुभएको हो । संसद बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरूले नाराबाजी गरेपछि नियमावलीको विषयमा विवाद भएको थियो ।

    प्रनिनिधि सभा बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरुको नाराबाजीका बजेटमाथिको छलफल जारी रहेका बेला नेकपा एमालेका सांसद सूर्यबहादुर थापाले नियमापत्ति गर्नुभयो । संसद बैठक मर्यादित हुनुपर्ने भन्दै उहाँले अहिले आफूहरु आफू कुन ठाउँमा छौं भन्ने थाहा नपाएको बताउनुभयो । उहाँले भन्नुभयो, हामी रत्नपार्कमा छौं कि शहीद गेटमा छौं कि, कलंकीमा छौं कि पोखरा चिप्लेढुंगामा छौं, मैले बुझ्न पाइनँ, बुझ्न सकिनँ ।’

    सत्तारुढ दल नेपाली कांग्रेसकी सचेतक सुशीला थिङले प्रतिनिधिसभा बैठकमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले धारणा राखिरहँदा भएको नाराबाजीमा नियमापत्ति गर्नुभएको थियो । अर्थमन्त्री पौडेलले बजेटको सैद्धान्तिक छलफलका क्रममा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै हुनुहुन्थयो ।

    त्यही बेलामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूले ‘मानव तस्करीलाई कारबाही गर’ भन्ने नारा लगाएका थिए । त्यही नारामा कांग्रेस सचेतक थिङले नियमापत्ति गर्नुभएको हो । थिङले नियमापत्ति नै गरेर ध्यानाकर्षण गरेपछि सभामुख देवराज घिमिरेले सदनको ध्यानाकर्षण भएको बताउनुभयो।

    ‘माननीय सदस्यले ध्यानाकर्षण गराउनुभएको कुरामा ध्यानाकर्षण भएको छ । संसदभित्र गरिने गतिविधिहरू मर्यादित, जिम्मेवारपूर्ण उत्तरदायीपूर्ण हुनुपर्छ भन्ने कुरामा ध्यानाकर्षण गराउन चाहन्छु’ सभामुखको भनाई छ ।


    सोमवार, आषाढ २ २०८२०७:२४:३३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij