Aug 25 2026 | २०८३, भाद्र ९ गते

२०८३, भाद्र ९ गते
  • यो साता चर्चामा :
images

अर्थतन्त्रका सूचक सुधारमा चुनौती कायमै रहेको अर्थमन्त्री पौडेलको भनाई

अर्थतन्त्रका सूचक सुधारमा चुनौती कायमै रहेको अर्थमन्त्री पौडेलको भनाई

  • आइतवार, आषाढ १ २०८२

  • 623
    SHARES

  • अर्थतन्त्रका सूचक सुधारमा चुनौती कायमै रहेको अर्थमन्त्री पौडेलको भनाई

    काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अर्थतन्त्रका सूचकहरू सुधारोन्मुख रहेपनि चुनौतीहरू कायमै रहेको बताउनु भएको छ । आज बसेको संसद्को बैठकमा आर्थिक वर्ष २०८२÷८३ को बजेटमाथि छलफल गरियोस् भन्ने प्रस्ताव पेश गर्दै अर्थमन्त्री पौडेलले यस्तो बताउनु भएको हो । 

    ‘अर्थतन्त्रका सूचकहरू सुधारोन्मुख रहेतापनि नेपालको अर्थतन्त्रले संरचनागत चुनौती र विगतका कमजोरीका असरहरूबाट अझै मुक्त भइसकेको छैन । ती चुनौतीहरूलाई सम्बोधन गर्न बजेट मार्फत नीति तथा कार्यक्रमहरू घोषणा गरिएको छ,’ अर्थमन्त्री पौडेलले भन्नुभयो ।

    बजेटमा सूचना प्रविधिमा आधारित उद्योग र होटल तथा रिसोर्टलाई विशेष उद्योग सरह आयकर र विद्युत महसुलमा छुट दिने व्यवस्था मिलाइएको उहाँले जानकारी दिनुभयो । नेपालमा बसेर सूचना प्रविधि सेवा निर्यात गर्ने व्यक्तिको आम्दानीमा ५ प्रतिशत मात्रै आयकर लाग्ने र सो कर अन्तिम हुने व्यवस्था समेत गरिएको पौडेलले बताउनुभयो ।


    आइतवार, आषाढ १ २०८२०१:५५:०७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij