काठमाडौं । गृहमन्त्री रमेश लेखकले भिजिट भिसा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गरिरहेको छानबिन आफ्नो कारण प्रभावित नहुने बताउनुभएको छ । शुक्रबार बसेको प्रतिनिधिसभाको बैठकमा प्रतिपक्षी दलहरूको अवरोधबीच बोल्ने क्रममा उनले आफूलाई राजनीतिक रुपमा फसाउन खोजिएको पनि बताउनु भएको हो ।
‘भिजिट भिसा प्रकरणमा अध्यागमन कार्यालय त्रिभुवन विमानस्थलमा खटाइएका कर्मचारी जोडिँदैमा मेरो संल्नता भएको भनेर मलाई बदनाम गर्न खोजियो’, उहाँले भन्नुभयो, ‘उक्त प्रकरणमा मेरो संलग्नता एक छैन, दुई छैन, तीन छैन ।’
लेखकले अख्तियारले गरिरहेको छानबिनमा सहयोग गर्ने बताउँदै आवश्यक परेमा उपस्थित हुन तयार रहेको बताउनु भएको छ । लेखकले कर्मचारी जोडिँदैमा मन्त्रीले राजीनामा दिनुपर्ने कुरा बिल्कुल गलत र अनुचित रहेको पनि जिकिर पनि गर्नुभयो ।