Aug 25 2026 | २०८३, भाद्र ९ गते

२०८३, भाद्र ९ गते
  • यो साता चर्चामा :
images

मिश्र र राणालाई पक्राउ गर्ने तयारी

मिश्र र राणालाई पक्राउ गर्ने तयारी

  • शुक्रवार, जेठ ३० २०८२

  • 448
    SHARES

  • मिश्र र राणालाई पक्राउ गर्ने तयारी

    काठमाडौं । हाजिरी जमानीमा छुटेका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र सांसद धवलशमशेर राणालाई फेरि पक्राउ गरिने भएको छ ।

    उनीहरू बयानका लागि उपस्थित नभएपछि अदालतले पक्राउ पुर्जीको प्रक्रिया अघि बढाएको हो । आजै उनीहरुविरुद्ध पक्राउ पुर्जी जारी हुने काठमाडौं जिल्ला अदालतका सूचना अधिकारी दिपककुमार श्रेष्ठले बताउनुभयो ।

    गत चैत १५ मा तीनकुनेमा भएको राजावादीको आन्दोलन हिंसात्मक बनाएको आरोपमा उनीहरू पक्राउ गरिएको थियो । विहीबार दुर्गा प्रसाईंसहित ३९ जनाको थुनछेक आदेश भएपनि उनीहरूको थुनछेक बहस नभएका कारण अहिले केही आदेश भएको छैन ।

    मुद्दाको अनुसन्धान प्रक्रियाका लागि हाजिर नभएपछि खोजी कार्य सुरू भएको प्रहरीले बताएको छ । जिल्ला प्रहरी परिसर, काठमाडौका प्रवक्ता एसपी अपीलराज बोहराले पनि मिश्र र राणालाई कार्यालयमा उपस्थित गराउने प्रक्रिया शुरू भएको बताउनुभयो ।


    शुक्रवार, जेठ ३० २०८२०३:२२:२८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij