Aug 25 2026 | २०८३, भाद्र ९ गते

२०८३, भाद्र ९ गते
  • यो साता चर्चामा :
images

मातृभाषा संरक्षणका लागि आवश्यक नीति बनाउनुपर्नेमा सभामुख घिमिरेको जोड

मातृभाषा संरक्षणका लागि आवश्यक नीति बनाउनुपर्नेमा सभामुख घिमिरेको जोड

  • शुक्रवार, जेठ ३० २०८२

  • 612
    SHARES

  • मातृभाषा संरक्षणका लागि आवश्यक नीति बनाउनुपर्नेमा सभामुख घिमिरेको जोड

    काठमाडौं । सभामुख देवराज घिमिरेले राज्यले मातृभाषा संरक्षणका लागि आवश्यक नीति बनाउनुपर्नेमा जोड दिनुभएको छ । नेवा पत्रकार राष्ट्रिय दबूको आयोजनामा आज ललितपुरमा भएको दोस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलनको उद्घाटन गर्दै उहाँले मातृभाषामा पत्रकारिता गर्ने सन्दर्भमा पनि चुनौती देखापरिरहेका भन्दै यसलाई संरक्षणका लागि ध्यान दिनुपर्ने धारणा राख्नुभयो ।

    ‘अन्तराष्ट्रिय सम्मेलनबाट तयार हुने महत्वपूर्ण दस्तावेज मातृभाषाको संरक्षण गर्दै राष्ट्रलाई बलियो बनाउने सन्दर्भमा उपयोगी हुनेछ । पछिल्लो समय प्राप्त राजनीतिक उपलब्धि संरक्षणका लागि काम भइरहेका छन् । देशका १२४ जातजातिका साथै लोपोन्मुखको संरक्षणका लागि काम भइरहेका छन्,’ सभामुख घिमिरेले भन्नुभयो ।

    अन्तर्राष्ट्रिय सम्मेलन विभिन्न जातजातिको अवस्थिति, संस्कृतिको संरक्षण र एकअर्कालाई विचारहरू सम्प्रेषण गर्ने सन्दर्भमा महत्वपूर्ण हुने बताउँदै उहाँले नेपालका प्रथम मातृभाषा पत्रकार धर्मदित्य धर्माचार्यद्वारा मातृभाषामा पत्रकारिता आरम्भ गरिएको १०१औँ वार्षिकीको स्मरण गर्दै भएको यो सम्मेलन विशेष महत्वको भएको र धर्माचार्यको कार्यले मातृभाषा पत्रकारिताको जग बसाएको बताउनुभयो ।


    शुक्रवार, जेठ ३० २०८२०१:३०:३४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij