Aug 25 2026 | २०८३, भाद्र ९ गते

२०८३, भाद्र ९ गते
  • यो साता चर्चामा :
images

नेताहरूको योगदान बारे प्रचार प्रसार गर्न आवश्यक छ - सभापति देउवा

नेताहरूको योगदान बारे प्रचार प्रसार गर्न आवश्यक छ - सभापति देउवा

  • आइतवार, जेठ २५ २०८२

  • 509
    SHARES

  • नेताहरूको योगदान बारे प्रचार प्रसार गर्न आवश्यक छ - सभापति देउवा

    काठमाडौं । नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले नेताहरूको योगदानका बारेमा प्रचार प्रसार गर्न आवश्यक रहेको बताउनु भएको छ ।

    शहीद राधेश्याम जोन्छे स्मृति प्रतिष्ठानले आइतबार भक्तपुरमा आयोजना गरेको राधेश्याम जोन्छेको पूर्णकदको सालिक अनावरण तथा प्रतिष्ठानको भवन उद्घाटन गर्दै नेताहरूको योगदानका बारेमा किताबहरूमा प्रकाशन गरेर प्रचार प्रसार गर्न आवश्यक रहेको बताउनु भएको हो ।

    राधेश्याम जोन्छे जुझारु नेताको रूपमा परिचित रहेको स्मरण गर्दै सभापति देउवाले नेताहरूको स्मृतिमा प्रतिष्ठान बनाएर समाजसेवाको काम अघि बढाउन सकारात्मक भएको जिकिर गर्नुभयो ।

    त्यस्तै कांग्रेस नेता बिमलेन्द्र निधिले मुलुकलाई अघि बढाउनका लागि एकताबद्ध हुनुपर्ने धारणा राख्नुभएको छ । उहाँले संसदलाई अवरोध गर्ने काम उचित नभएको भन्दै सहज रूपमा सदन चल्ने वातावरण बनाउन माओवादीलाई आग्रह पनि गर्नुभयो । भिजिट भिसा प्रकरणमा अख्तियारले गरेको अनुसन्धानलाई विश्वास गर्नुपर्ने उहाँको भनाई छ ।


    आइतवार, जेठ २५ २०८२०३:२२:३०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij