Aug 25 2026 | २०८३, भाद्र ९ गते

२०८३, भाद्र ९ गते
  • यो साता चर्चामा :
images

विपक्षीको जवाफ कुरिरहेका सभामुख...

विपक्षीको जवाफ कुरिरहेका सभामुख...

  • आइतवार, जेठ २५ २०८२

  • 724
    SHARES

  • विपक्षीको जवाफ कुरिरहेका सभामुख...

    काठमाडौं । डेढ घण्टा बित्दासम्म संसद बैठक सुरू हुन सकेको छैन । भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको राजीनामा एवं छानबिन समितिको माग राख्दै विपक्षी दलले १० दिनदेखि सदन अवरुद्ध गरिरहेका छन् ।

    अहिले थप रणनीति बनाउन प्रचण्डले विपक्षी दलको बैठक राखिरहेका छन् । माओवादी प्रमुख सचेतक हितराज पाण्डेले विपक्षीको बैठक सकिएपछि निर्णय लिएर आउने सभामुखलाई जानकारी गराएको सभामुख देवराज घिमिरेका प्रेस विज्ञ शेखर अधिकारीले जानकारी दिनुभयो ।

    तर विपक्षीले असहयोग गरेपनि आजदेखि सदन सञ्चालनको तयारीमा सत्तापक्ष पुगेका छन् । निरन्तरको सदन अवरोधले बजेटमाथिको छलफल, निजामती विधेयक टेबुललगायतका कार्यसूची ओझेलमा परेको छ । आजै बिहान सभामुखसँगको छलफलपछि नेपाली कांग्रेस र एमालेमा मुख्य सचेतक श्यामकुमार घिमिरे र महेश बर्ताैलाले पनि आजदेखी प्रतिपक्षले अवरोध गरेपनि बैठक संञ्चालन हुने प्रतिक्रिया दिनुभएको छ ।


    आइतवार, जेठ २५ २०८२०२:५५:२७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij