Aug 25 2026 | २०८३, भाद्र ९ गते

२०८३, भाद्र ९ गते
  • यो साता चर्चामा :
images

नेपाल र स्कटल्याण्ड खेल्दै, ह्याट्रिक जितको खोजीमा नेपाल

नेपाल र स्कटल्याण्ड खेल्दै, ह्याट्रिक जितको खोजीमा नेपाल

  • आइतवार, जेठ २५ २०८२

  • 586
    SHARES

  • नेपाल र स्कटल्याण्ड खेल्दै, ह्याट्रिक जितको खोजीमा नेपाल

    काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिदेशीय एकदिवसीय शृङ्खलामा आइतबार नेपालले स्कटल्याण्डसँग खेल्दैछ । स्कटल्याण्डको डुन्डेस्थित फोर्टहिल क्रिकेट मैदानमा अपराह्न पौने ४ बजे हुने खेलमा नेपाल लगातार तेस्रो जित निकाल्ने लक्ष्यका साथ मैदानमा उत्रने छ ।

    यसअघिका खेलमा शृङ्खलाको आफ्नो पहिलो खेलमा घरेलु टोली स्कटल्याण्डमाथि एक विकेटको रोमाञ्चक जित निकाले नेपालले दोस्रो खेलमा नेदरल्याण्ड्सलाई हराएको थियो । शृङ्खलाका सुरुवाती १२ खेलमा ६ अङ्क मात्र जोडेको नेपालले त्यस पछिका दुई खेलमा दुवै जित हात पारेको हो । आज पनि नेपाल जितको शिलशिलालाई निरन्तरता दिदैं ह्याट्रिक जित निकाल्ने योजनामा रहेको छ।

    १४ खेल खेलेको नेपाल १० अङ्क सहित सातौँ स्थानमा छ । शृङ्खलामा अमेरिका २० खेलमा २८ अङ्कसहित शीर्ष स्थानमा छ । यस्तै, नेदरल्याण्ड्स २२ खेलमा २६ अङ्कसहित दोस्रो तथा ओमान २० खेलमा २४ अङ्कसहित तेस्रो स्थानमा छ । स्कटल्यान्ड १८ खेलमा २२ अङ्कका साथ चौथो स्थानमा रहँदा क्यानडाको २० खेलमा २० तथा नामिबियाको २० खेलमा १४ अङ्क छ ।


    आइतवार, जेठ २५ २०८२०२:५०:१७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij