Aug 25 2026 | २०८३, भाद्र ९ गते

२०८३, भाद्र ९ गते
  • यो साता चर्चामा :
images

प्रतिनिधिसभा बस्दै नबसी स्थगित, सत्तापक्ष र प्रतिपक्षको बैठक निष्कर्षविहीन

प्रतिनिधिसभा बस्दै नबसी स्थगित, सत्तापक्ष र प्रतिपक्षको बैठक निष्कर्षविहीन

  • शुक्रवार, जेठ २३ २०८२

  • 377
    SHARES

  • प्रतिनिधिसभा बस्दै नबसी स्थगित, सत्तापक्ष र प्रतिपक्षको बैठक निष्कर्षविहीन

    काठमाडौं । प्रतिनिधिसभा बैठक बस्दै नबसी स्थगित भएको छ । शुक्रबार दिउँसो १ बजेका लागि बोलाइएको बैठक आइतबारसम्मका लागि स्थगित गरिएको हो । सभामुख देवराज घिमिरेको सचिवालयका अनुसार, अर्को बैठक आइतबार दिउँसो १ बजे बस्नेछ ।

    भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको राजीनामा माग गर्दै विपक्षी दलहरूले संसद् चल्न दिएका छैनन् । बैठक चल्न नसकेपछि सभामुख देवराज घिमिरेले निरन्तर विपक्षी दलका नेताहरूसँग छलफल गर्नुभएको छ । यद्यपि, सहमति भने जुट्न सकेको छैन ।

    यस्तै भिजिट भिसा प्रकरण र संसद् सञ्चालनको विषयमा विपक्षी र सत्तारुढ दलबिच भएको छलफल निष्कर्षविहीन टुङ्गिएको छ । शुक्रबार बानेश्वरमा बसेको सत्ता र प्रतिपक्ष दलबिचको छलफलमा सहमति जुट्न नसकेको रास्वपा प्रमुख सचेतक सन्तोष परियारले जानकारी दिनुभयो ।

    यसअघि बानेश्वरमा विपक्षी दलको बैठक बसेको थियो । उच्चस्तरीय छानबिन समिति गठनको सुनिश्चितता नभएसम्म सदन चल्न नसक्ने ठहर विपक्षी दलले गरेका छन् । माओवादी अध्यक्ष प्रचण्डको कार्यकक्षमा बसेको माओवादी, रास्वपा, एकीकृत समाजवादी, नेसपा र आजपाको बैठकले भिजिट भिसामा छानबिन समिति गठनको सुनिश्चितता नभएसम्म संसद् बैठक बस्न नसक्ने निष्कर्ष निकालेको हो ।


    शुक्रवार, जेठ २३ २०८२०४:१९:२८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij