Aug 25 2026 | २०८३, भाद्र ९ गते

२०८३, भाद्र ९ गते
  • यो साता चर्चामा :
images

सरकारको गतिका बारे गम्भीर समीक्षा जरुरी भइसक्यो - महामन्त्री थापा

सरकारको गतिका बारे गम्भीर समीक्षा जरुरी भइसक्यो - महामन्त्री थापा

  • शुक्रवार, जेठ २३ २०८२

  • 407
    SHARES

  • सरकारको गतिका बारे गम्भीर समीक्षा जरुरी भइसक्यो - महामन्त्री थापा

    काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले वर्तमान सरकारको गतिकाबारे गम्भीर समीक्षा जरुरी रहेको बताउनु भएको छ । शुक्रबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै थापाले ठूला दुई दल मिलेर बनेको वर्तमान सरकारले अपेक्षित परिणाम दिन नसकेको उल्लेख गर्नुभयो ।

    उहाँले सरकारलाई प्रभावकारी रुपमा अघि बढाउन चाँडै केन्द्रीय कार्यसमितिको बैठकले ठोस निर्णय गर्नेसमेत बताउनुभयो । त्यसैगरी महामन्त्री थापाले पतञ्जलि जग्गा प्रकरणमा अदालतको आदेश पर्खनुको विकल्प नभएको उल्लेख गर्नुभएको छ। संवैधानिक निकायले कानुनअनुसार मुद्दा दर्ता गरेको र अदालतमा गएको विषय भएकाले अदालतलाई विश्वास गर्नुपर्ने उहाँको भनाई छ ।

    वर्तमान सरकार गठनका समयमा भएको सहमतिअनुसार संविधन संशोधनसम्बन्धी समिति बनाउन ढिलाइ भएको उल्लेख गर्दै थापाले चाँडै नै समिति बनाएर संविधान संसोधनको एजेण्डा टुङ्गो लगाई प्रक्रियामा लैजाने बताउनुभयो ।

    महामन्त्री थापाले ०८३ सालको मंसिरमा महाधिवेशन हुने गरी पार्टी सदस्यता लगायत विषयहरूमा काम गरिरहेको बताउनु भएको छ ।


    शुक्रवार, जेठ २३ २०८२०३:४९:५२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij