Aug 25 2026 | २०८३, भाद्र ९ गते

२०८३, भाद्र ९ गते
  • यो साता चर्चामा :
images

प्रतिनिधिसभा बैठक शुक्रबार सम्मका लागि स्थगित

प्रतिनिधिसभा बैठक शुक्रबार सम्मका लागि स्थगित

  • बिहिवार, जेठ २२ २०८२

  • 357
    SHARES

  • प्रतिनिधिसभा बैठक शुक्रबार सम्मका लागि स्थगित

    काठमाडौँ । प्रतिनिधिसभा बैठक शुक्रबार दिउँसो १ बजेसम्मका लागि स्थगित भएको छ । विपक्षीको अवरोधका कारण बिहीबार बसेको बैठक कार्यसूचीमै प्रवेश नगरी स्थगित भएको हो ।

    प्रतिनिधिसभा बैठक सुरु हुनेवित्तिकै विपक्षी सांसदहरू उठेर विरोध गरेका थिए । सभामुख देवराज घिमिरेले बैठक सुरु भएको घोषणा गर्ने वित्तिकै विपक्षी सांसदहरू उठेर विरोध गरेका हुन् ।

    सभामुख घिमिरेले भने विपक्षी सांसदहरूलाई बसेर सदन सञ्चालनका लागि सहयोग गर्न आग्रह गरिरहेपनि अवरोध कायमै रहेपछि बैठक शुक्रबारसम्मका लागि स्थगित गर्नुभएको हो । विपक्षी दलका सांसदले भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकको राजीनामाको माग गर्दै सदन अवरुद्ध पार्दै आएका छन् ।


    बिहिवार, जेठ २२ २०८२०५:४६:४८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij