Aug 23 2026 | २०८३, भाद्र ७ गते

२०८३, भाद्र ७ गते
  • यो साता चर्चामा :
images

विहीवार ५.९९ अङ्कले घट्यो सेयर बजार

विहीवार ५.९९ अङ्कले घट्यो सेयर बजार

  • बिहिवार, जेठ २२ २०८२

  • 714
    SHARES

  • विहीवार ५.९९ अङ्कले घट्यो सेयर बजार

    काठमाडौं । सातामा कारोबार हुने अन्तिम दिन नेपाल स्टक एक्सचेञ्ज परिसूचक नेप्से घटेको छ । अघिल्लो दुई दिन घटेको नेप्सेले तेस्रो दिन पनि सोही क्रमलाई निरन्तरता दिएको हो । ५.९९ अङ्क घटेर २६४०.९६ विन्दुमा झरेको छ । बजारमा आज ७ अर्ब ९७ करोड ८ लाख ८६ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । 

    आज तीन स्टकको शेयर सकारात्मक सर्किट लागेको छ। रिभर फल्स पावर, बुटवल पावर कम्पनी र पियोर इनर्जीको शेयर सकारात्मक सर्किट लाग्दा वरुण हाइड्रोपावर र सप्तकोशी डेभलपमेन्ट बैङ्क सेयर मूल्य ९.९६ प्रतिशत बढेको छ । ओम मेगाश्री फर्मास्यूटिकल्सको सेयर मूल्य आज सर्वाधिक ९.३० प्रतिशत घटेको छ ।

    कारोबार रकमका आधारमा यस दिन राधी विद्युत कम्पनी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको यस दिन ९१ करोड २३ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । त्यस्तै, यस दिन युनिभर्सल पावर कम्पनीको ६४ करोडभन्दा बढीको शेयर किनबेच भएको छ भने बुटवल पावर कम्पनीको साढे ४९ करोड बराबरको शेयर खरिदबिक्री भएको छ ।

    १३ उपसमूहमध्ये यस दिन २ उपसमूहको परिसूचक बढेको छ भने ११ उपसमूहको परिसूचक घटेको छ। यस दिन जलविद्युत उपसमूहको परिसूचक सर्वाधिक १.१३ प्रतिशत बढेको छ । कारोबारमा आएको उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक यस दिन सर्वाधिक १.०४ प्रतिशत घटेको छ ।


    बिहिवार, जेठ २२ २०८२०४:४५:०७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij