काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले आफूले एक रूपैयाँ पनि भ्रष्टाचार नगरेको दाबी गर्नुभएको छ। अख्तियारमा मुद्दा परेपछि रौतहटमा सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले आफूले कसैबाट अनुचित लाभ नउठाएको बताउनुभएको हो ।
आफुले राष्ट्रलाई हानी पुग्ने कुनैपनि काम नगरेको उहाँको दाबी छ। राष्ट्रविरुद्ध हुने हरेक गतिविधीको विपक्षमा आफु उभिदैं आएको उहाँले जिकीर गर्नुभयो । ‘जग्गा हिनामिना प्रकरणका मैले मन्त्रीलाई निर्देशन दिए, भनेर भनिएको छ । तर मैले कुै निर्देशन दिएको छैन,’ नेपालले भन्नुभयो ।
श्वामी रामदेव र आचार्य बालकृष्ण जस्तो व्यक्ति भएको पताञ्जलीतमा अनुचित गर्ने कुरा कसैले कल्पना गर्न पनि नसक्ने नेपालको भनाइ छ । साथै नेपालले प्रधानमन्त्री केपी शर्मा ओली आफ्नो राजनीतिक जिवन समाप्त पार्नका लागि लागि परेकाले यो त्यसैको स्वरुप भएको बताउनुभयो ।
अख्तियारले पतञ्जली योगपीठ तथा आयुर्वेद विद्यालयको नाममा दिइएको जमिन अनियमितता प्रकरणमा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालमाथि १८ करोड ५८ लाख ५० हजार बिगो मागदाबीसहित भ्रष्टाचार मुद्दा दायर गरेको छ ।