Aug 25 2026 | २०८३, भाद्र ९ गते

२०८३, भाद्र ९ गते
  • यो साता चर्चामा :
images

सत्ता गठबन्धनमा कुनै समस्या नरहेको सभापति देउवाको जिकीर

सत्ता गठबन्धनमा कुनै समस्या नरहेको सभापति देउवाको जिकीर

  • बिहिवार, जेठ २२ २०८२

  • 352
    SHARES

  • सत्ता गठबन्धनमा कुनै समस्या नरहेको सभापति देउवाको जिकीर

    काठमाडौं । नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले वर्तमान सत्तागठबन्धनमा कुनै समस्या नरहेको बताउनु भएको छ । आज जनकपुरमा सञ्चारकर्मीसँग कुरा गर्दै सभापति देउवाले कांग्रेस र एमालेको गठबन्धन राम्रोसँग चलिरहेको र कुनै समस्या नरहेको बताउनु भएको हो ।

    उहाँले सत्तागठबन्धन ८४ सम्म निरन्तर चल्ने उल्लेख गर्दै गृहमन्त्रीले राजीनामा दिनुपर्ने कुनै कारण नभएको दाबी समेत गर्नुभएको छ । पछिल्लो समय नेकपा माओवादी केन्द्र लगाएतका विपक्षी दलहरुले संसदमा गरिरहेको अवरोध अन्तयका लागि प्रयास भइरहेको पनि उहाँले बताउनु भएको छ। साथै सभापति देउवाले राजावादीहरूको आन्दोलन तुहिसकेको जिकिर गर्नुभयो ।
    कांग्रेस र एमालेको संयुक्त सरकारले ल्याएको बजेट राम्रो र सन्तुलित रहेको उहाँको भनाइ छ ।


    बिहिवार, जेठ २२ २०८२०३:१५:१६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij