Aug 25 2026 | २०८३, भाद्र ९ गते

२०८३, भाद्र ९ गते
  • यो साता चर्चामा :
images

राजावादीको बैठकमा होहल्ला - आन्दोलन घोषणा नगरी बैठक स्थगित

राजावादीको बैठकमा होहल्ला - आन्दोलन घोषणा नगरी बैठक स्थगित

  • बुधवार, जेठ २१ २०८२

  • 441
    SHARES

  • राजावादीको बैठकमा होहल्ला - आन्दोलन घोषणा नगरी बैठक स्थगित

    काठमाडौं । राजसंस्था र हिन्दुराज्य पुनस्र्थापनाको मागसहित आन्दोलन गर्दै आएको ‘संयुक्त जनआन्दोलन समिति’को बैठकमा कार्यकर्ताहरुले होहल्ला गरेपछि आन्दोलनका कार्यक्रम तय नगरी बैठक स्थगित गरिएको छ ।

    बैठकमा राप्रपा नेपालका अध्यक्ष कमल थापा बोल्दै गर्दा कार्यकर्ताहरुबाट होहल्ला सुरु भएको थियो । उनीहरुले राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन खोई भन्दै हल्ला सुरु गरेका थिए । त्यतिबेला लिङ्देन संसद बैठकमा थिए ।

    कमल थापा बोल्न खोज्दा होहल्ला भएपछि जनआन्दोलन समिति संयोजक नवराज सुवेदीले माइक हातमा लिएर बैठक स्थगित भएको घोषणा गर्नुभयो । उहाँले आन्दोलनका कार्यक्रम पछि सार्वजनिक गरिने बताउनुभयो ।

    एक हप्ता लामो पहिलो चरणको आन्दोलन सकिएपछि नयाँ कार्यक्रम तय गर्न भन्दै आज सुवेदीले बैठक बोलाउनु भएको थियो । उहाँका अनुसार बैठकमा संयुक्त जनआन्दोलन समितिमा आबद्ध ४४ राजनीतिक दल, समूह र अभियानका प्रतिनिधिहरुलाई बोलाइएको थियो ।

     


    बुधवार, जेठ २१ २०८२०४:३६:५९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij