Aug 25 2026 | २०८३, भाद्र ९ गते

२०८३, भाद्र ९ गते
  • यो साता चर्चामा :
images

राजनितिक दलका प्रमुख सचेतकहरुको बैठक निष्कर्षविहीन

राजनितिक दलका प्रमुख सचेतकहरुको बैठक निष्कर्षविहीन

  • बुधवार, जेठ २१ २०८२

  • 464
    SHARES

  • राजनितिक दलका प्रमुख सचेतकहरुको बैठक निष्कर्षविहीन

    काठमाडौं । प्रतिनिधिसभाको बैठकमा रहेको अवरोध हटाउन सभामुख देवराज घिमिरेको आह्वानमा बसेको प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलका प्रमुख सचेतकहरूको बैठक निष्कर्षविहीन भएको छ । संसद् भवन नयाँ बानेश्वरमा बसेको बैठकमा सत्तापक्ष र विपक्षी आ–आफ्नो अडानमा टसमस नगरेपछि बैठक विना निष्कर्ष सकिएको सभामुख घिमिरेको सचिवालयले जानकारी दिएको छ ।

    प्रतिनिधिसभा बैठकअघि सभामुखले दलका सचेतकहरूसँग गरेको छलफलमा विपक्षी दलहरूले भिजिट भिसा प्रकरणको छानबिन गर्न संसदीय छानबिन समिति वा न्यायिक छानबिन समिति बनाउनुपर्ने अडान कायमै राखेका हुन् । सत्तापक्ष समिति गठनको लागि तयार नभएपछि बैठक विना निष्कर्ष सकिएको हो ।

    भिजिट भिसा प्रकरणमा उच्चस्तरीय न्यायिक समिति वा संसदीय छानबिन समिति बनाउनुपर्ने विपक्षी दलहरूको माग सम्बोधन गर्न सत्ता पक्ष तयार नभएकाले अहिलेसम्म प्रतिनिधिसभामा रहेको अवरोध खुल्ने सङ्केत देखिएको छैन । मंगलबार दुई पटक सूचना टाँसेर बस्दै नबसी स्थगित भएको प्रतिनिधिसभा बैठक सभामुख देवराज घिमिरेले आज दिउँसो एक बजेका लागि बोलाएका थिए ।

    तर, सत्तापक्ष र प्रतिपक्ष आ–आफ्नै अडानमा रहेकाले कुनै सहमति बन्न सकेको छैन । भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग्दै आएका विपक्षी दलहरू उच्चस्तरीय न्यायिक समिति वा संसदीय छानबिन समिति बनेको घोषणा भए संसद् चल्न दिने बताइरहेका छन् । तर, समिति बनाउन सत्तापक्ष तयार देखिएको छैन ।

     


    बुधवार, जेठ २१ २०८२०२:५१:२२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij