Aug 24 2026 | २०८३, भाद्र ८ गते

२०८३, भाद्र ८ गते
  • यो साता चर्चामा :
images

सबै रोगको परीक्षण राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामै गर्ने गरी व्यवस्था मिलाइदैैं

सबै रोगको परीक्षण राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामै गर्ने गरी व्यवस्था मिलाइदैैं

  • आइतवार, जेठ १८ २०८२

  • 1.1K
    SHARES

  • सबै रोगको परीक्षण राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामै गर्ने गरी व्यवस्था मिलाइदैैं

    काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा सबै रोगको परीक्षण गर्ने गरी क्षमता वृद्धिमा लागिरहेको बताउनु भएको छ । नेपाल प्रेस युनियनको ३४ औँ स्थापना दिवसको अवसरमा आज काठमाडौँमा आयोजित वृहत् स्वास्थ्य शिविर कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनु भएको हो ।

    जनस्वास्थ्य प्रयोगशालामा आफू मन्त्री हुनु अगाडि २० प्रतिशत मात्रै परीक्षण हुने गरेको बताउँदै आफू मन्त्री बनेपछि ५० प्रतिशत रोगको परीक्षण हुने परिस्थिति बनेको उहाँको दाबी छ । निजी अस्पतालहरूले पनि उक्त प्रयोगशालामै परीक्षण गर्ने वातावरण निर्माण भइरहेको उहाँले बताउनुभयो ।

    स्वास्थ्य मन्त्री पौडेलले अब मुलुक बाहिर पठाउन नपर्ने गरी राष्ट्रिय जनसङ्ख्या प्रयोगशालामै सबै परीक्षण हुने व्यवस्था मिलाउन बजेट विनियोजन गरिएको जिकिर समेत गर्नुभएको छ। बिग्रिएर फालिएका ५५ प्रतिशत उपकरणहरू राष्ट्रिय आविष्कार केन्द्रमा मर्मतपछि सञ्चालनमा आइरहेको जानकारी दिनुभयो ।

    राष्ट्रिय आविष्कार केन्द्रलाई बिग्रेका उपकरणहरू बनाउन लगाएको बताउँदै उहाँले बिग्रियो भनेर फालिएका ५५ प्रतिशत उपकरणहरू बनेर काममा आएको बताउनुभयो । अब बाहिरै जानै नपर्ने गरी केन्द्रीय प्रयोगशालामा सबै परीक्षण हुने व्यवस्था मिलाउने गरी बजेट ल्याएको मन्त्री पौडेलको भनाई छ ।

    पारदर्शी समाज निर्माण र सुशासन कायम गर्नको निम्ति पत्रकारिता जगतको उपस्थिति अनिवार्य रहेको बताउँदै यस जगतमा काम गर्नेहरूलाई उत्साहित बनाउन जरुरी रहेको उहाँले बताउनुभयो ।


    आइतवार, जेठ १८ २०८२०३:०६:३७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij