काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना लागि आफैले नेता छनोट गर्नपाउने सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको विकल्प नरेको बताउनु भएको छ । गणतन्त्र दिवसका २०८२ को उपलक्ष्यमा टुँडिखेलमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले हरेक नागरिकको आत्मसम्मान सुरक्षित रहने गणतान्त्रिक व्यवस्थाको विकल्प अरु हुन नसक्ने बताउनुभयो ।
गणतान्त्रिक शासन व्यवस्थामा शिक्षा, स्वास्थ्य, उद्यम, रोजगारी पूर्वाधारलगायतका क्षेत्रमा अतुलनीय उपलब्धिसहित परिवर्तन भएको उल्लेख गर्दै उहाँले गणतन्त्रलाई अझ सुदृढ र बलियो बनाउन हामी सबै एक हुनुपर्नेमा जोड दिनुभयो ।
गणतन्त्र कुनै दलको स्वामित्व नभएको बताउँदै उहाँले यसको मालिक जनता नै भएको बताउनुभयो । प्रधानमन्त्री ओलीले अहिले जनता आले मतदान गरेर, वडाका सदस्यदेखि देशको राष्ट्रपतिसम्म समावेशी रूपमा विभिन्न जात÷जाति र समुदायका कम्तीमा ३६ हजार ५७ प्रतिनिधिहरू चुनिने व्यवस्था रहेको स्पष्ट पार्नुभयो ।